News

मन्त्री आलेको आरोपः पर्यटन बोर्डका सिइओले मलाई खरिद गर्न खोजे

मन्त्री आलेको आरोपः पर्यटन बोर्डका सिइओले मलाई खरिद गर्न खोजे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले निलम्बनमा परेका नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले आफुलाई खरिद गर्न खोजेको आरोप लगाएका छन् ।

बोर्डको स्थापना दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले छानबिनका क्रममा रहेका सीईओ रेग्मीले आफूलाई खरिद गर्छु भनेर नसोच्न पनि चेतावनी दिए । ‘उसले चार वटा टोयोटा गाडी बेचेर प्रेम आलेलाई खरिद गर्छु भन्ने नसोचे हुन्छ। इमान बेचेर म यो कुर्सीमा बस्ने वाला छैन। विगतदेखि नै यस्तै थियो हजुर भन्छन्। विगतमा काले–काले मिलेर भाले खाए होलान, तर अब आयो प्रेम आले।’– उनले भने।

मन्त्री आलेले रेग्मीलाई ‘साँढे’ भन्दै ‘यस्तो साँढेलाई सीईओ बनायो भने संस्था चल्छ?’ भन्दै प्रश्न पनि गरे । 

लण्डन जाँदा रेग्मीकै कारण आफु अपमानित भएको पनि उनले बताए। ‘म लन्डन जाँदै जान्न भन्दा जबर्जस्ती लगेर गयो, बोल्ने कार्यक्रम छैन भन्यो साँढेले, लन्डन गएँ दूतावासमा राखिदियो, न गाडी छ, खाना आफैं खोजेर खानुपर्ने, म यो देशको मन्त्री, लन्डनमा बोल्न पाइनँ, मलाई दुःख लाग्यो’ उनले भने–‘म अपमानित भएँ। यस्तो साँढेलाई सिइओ बनायो भने बोर्ड चल्छ?’

कार्यक्रममा मन्त्री आलेले आफू इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने पनि वताए । 

प्रेम बहादुर आले

विशेष