News राजनीति

कांग्रेस प्रदेश १ः दुवै पक्षको जित्ने दावी, दुवैलाई अन्तर्घातको चिन्ता

कांग्रेस प्रदेश १ः दुवै पक्षको जित्ने दावी, दुवैलाई अन्तर्घातको चिन्ता

नेपाली कांग्रेस प्रदेश १ को सभापतिका लागि शनिवार निर्वाचन हुँदैछ। प्रदेश सभापतिमा संस्थापन पक्षबाट उद्धव थापा र संस्थापनइतर पक्षबाट गुरुराज घिमिरै मैदानमा छन् । थापा शेरवहादुर देउवा र कृष्ण सिटौलाको पक्षवाट तथा घिमिरे रामचन्द्र पौडेल र शेखर कोईरालाको पक्षवाट उम्मेदवार वनेका छन् ।

प्रदेश अधिवेशनमा १ हजार ७ सय प्रतिनिधि मतदानमा सहभागी हुनेछन् । जसमध्ये १३औं जिल्ला अधिवेशनमा ३ जिल्ला जितेको देउवा पक्षमा अहिले दुवै पक्ष मिल्दा प्रदेश १ का १४ मध्ये ८ जिल्लाको नतिजा छ। झापामा सिटौला पक्षले जितेको छ भने धनकुटा, सोलुखुम्बु, ताप्लेजुङ, इलाम, पाँचथर, ओखलढुङ्गा, उदयपुर जिल्ला देउवाको पक्षमा छ।

अर्कोतर्फ संस्थापन पक्षका थापा झापाका बासिन्दा हुन  र दुई कार्यकाल झापाको कांग्रेस सभापति भएर चलाएको अनुभव छ।

संस्थापनइतर पक्ष १४औं अधिवेशनमा ६ जिल्लामा खुम्चिएको छ । मोरङ सुनसरी, संखुवासभा, तेह्रथुम, खोटाङ र भोजपुर संस्थापनइतर पक्षमा छ । तर, प्रदेशमा आउने प्रतिनिधि आफ्नो समूहका धेरै भएकाले नतिजा आफनो पक्षमा आउने गुरुराज घिमिरे पक्षको दावी छ।

घिमिरे पक्षका नेताहरुका अनुसार प्रदेशमा झण्डै १ सय देखि १ सय ५० मत उनिहरुको पक्षमा वढि छ। नेता केदार कार्की भन्छन्–‘प्रतिनिधिको अनुपात ६० प्रतिशत संस्थापनइतर पक्ष र ४० प्रतिशत संस्थापन पक्षको रहेकाले हाम्रो जित सुनिश्चित छ।’ यसैगरी, सुनसरी मोरङमा प्रतिनिधि धेरै भएका कारण आफूहरु जित्ने नेता कार्की बताउँछन् ।

पहाडी जिल्लाहरूको अनुपातमा सुनसरी मोरङ, झापा र उदयपुरमा प्रतिनिधिको संख्या बढी छ । ती मध्ये मोरङ सुनसरीमा संस्थापन इतर र झापा र उदयपुरमा संस्थापन पक्ष विजयी भएको छ । कांग्रेस संस्थापन इतर पक्ष सुनसरी र मोरङसँग आशावादी हुँदा संस्थापन पक्ष उदयपुर र झापासँग ढुक्क छ ।

दुवै पक्षलाई अन्तर्घातको चिन्ता
दुवै पक्षले चुनाव जित्ने दावी गरिरहँदा अन्तर्घाटको डर पनि वोकिरहेका छन् । सभापतिका उम्मेदवार थापा सिटौला समूहका हुन् । सिटौलाको साथ पाएपछि प्रदेशमा दरिलो उपस्थिति जमाएका देउवाले प्रदेशको सभापति सिटौलालाई दिएका छन् । सिटौला पक्षबाट तारामान गुरुङ पनि दाबेदार थिए । उनी अन्तिम समयमा ब्याक भएका छन् । 

अव थपालाई देउवा पक्षका प्रतिनिधिहरुले अन्तर्घाट गर्ने डर छ। एउटा मात्र जिल्लामा पकड वनाएको सिटौला पक्षलाई सभापतिको उम्मेदवार वनाउँदा देउवा पक्षवाट अन्तर्घात हुन सक्ने नेताहरुले नै चिन्ता ब्यक्त गरिरहेका छन् ।

अर्कोतर्फ मोरङका स्थायी वासिन्दा घिमिरेसँग जिल्ला चलाएको अनुभव छैन । तर, दुई कार्यकाल केन्द्रीय सदस्य चलाएको र नेपाल विद्यार्थी संघको सभापति भएर काम गरेको अनुभव छ। विद्यार्थी राजनीतिबाट उदाएका गुरुराज घिमिरे आफैं स्थापित नेता हुन ।

यसैगरी, १४औं महाधिवेशनमा युवा प्रतिनिधिको सहभागिता उल्लेख्य छ । विद्यार्थी राजनीतिबाट आएका कारण घिमिरेलाई दुवै पक्षका नेताको साथ रहने संस्थापनइतर पक्षको विश्लेषण छ ।

तर, उनलाई पनि सुनसरीबाट अन्तरघात हुने डर छ । सुनसरीबाट राजीव कोइरालाले सभापतिमा दाबी गरेका थिए । अन्तिम समयमा उनले टिकट पाएनन् । टिकट नपाएपछि कोइराला पक्षका सुनसरीका नेताहरूले असहयोग गर्ने चेतावनी दिएका छन् । 

प्रदेश १

विशेष