News

नाडा अधिवेशनमा कालोवजारियाको चलखेल, मतदातालाई सुरा र सुन्दरीको अफर

नाडा अधिवेशनमा कालोवजारियाको चलखेल, मतदातालाई सुरा र सुन्दरीको अफर

अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)को ४५औं राष्ट्रिय अधिवेशन २२ गते काठमाडौंमा हुँदैछ। अधिवेशनले नयाँ कार्यसमितिको चयन गर्नेछ।

३ हजार १ सय ९० जना मतदाता रहेको नाडामा अध्यक्षबाहेक १७ सदस्य पदाधिकारीका लागि दुई पक्ष चुनावी मैदानमा छन् । 

फोर्स मोटर्सका आधिकारिक बिक्रेता ध्रुव थापाले आज पत्रकार सम्मेलनको आयोजना गरी टिमको घोषणा गरेका छन् ।

थापाको टिममा हुन्डाईका निराकर श्रेष्ठ, टीभीएसका दीपक कुमार अग्रवाल, फोर्डका आकाश गोल्छा, बीवाईडीकी यमुना श्रेष्ठ, एसएमएल इसुजुका कपिल सिवाकोटी, प्रदिममान प्रधान, आमर ज्योति रञ्जित, बीएन पाठक, दिपक कुमार मिश्र, नारायण प्रसाद पौडेल, नवराज भुषाल, प्रकाश सिक्देल, रिद्धि कार्की, सगुन कन्साकर, सञ्जय कुमार खेतान र सुवासिस थपलिया छन् । उनले एजेन्डासहित आफ्टो टिमको घोषणा गरेका छन् ।

थापालाई कालोवजारियाको साथ
नाडाको यस पटकको अधिवेशन धाँधली र पक्षपातपुर्ण हुने देखिएको छ। अधिवेशन सुरु हुन अघि नै सुरा र सुन्दरीको खेला सुरु भएको छ भने मतदाता खरिद विक्रि सुरु भएको प्रमाण नेपाल आजलाई फेला परेको छ। थापालाई कालोवजारियाहरुले उचालीरहेको पाईएको छ।

मतदाताको स्तर अनुसार खाने वस्ने र आतेजाते सुविधा सहित अनलिमिटेड मासु, मदिरा र मस्ति (सुन्दरी) को अफर गरिएको छ । यो प्यानलले काठमाडौंका पाचतारे होटल वुकिङ्ग गरेको छ भने प्राय सबै होटल चुनाबको समयामा प्याक गरिएका छन् ।

यसैगरी, डिलरहरुका लागि कोरियालगायतका देशको टुरको अफर गरिएको छ। हामीलाई प्राप्त सुचना अनुसार फर्जी मत खसाल्ने विषयमा पनि अग्रिम प्लानिङ्ग भईरहेको छ।

मतदानको समयमा मतदाताका लागि आफै भोट हाल्ने वा अरु कसैले भोट हालिदिने दुवै सुविधा रहेको वताईएको छ। 

नाडाको अध्यक्षमा उम्मेदवारी दिएका थापाले भने मतदातालाई प्रभावित गर्ने काम गरेको विषयमा प्रतिक्रिया दिन चाहेनन् । 

कानुनी रुपमा आवश्यक्ता परे समाचारमा उल्लेखित स्रोतहरु सार्वजनिक गरिने छ। 

नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल ध्रुव थापा

विशेष