News राजनीति

कमल थापा कति राष्ट्रवादी, उनैले स्वीकारे आफुले गरेको राष्ट्रघात!

कमल थापा कति राष्ट्रवादी, उनैले स्वीकारे आफुले गरेको राष्ट्रघात!

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ कार्यससमिति चयनका लागि शनिवार निर्वाचन हुँदैछ। निर्वाचन मार्फत अध्यक्षबाहेक ४ उपाध्यक्ष, ३ महामन्त्री र १ सय ४९ केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदैछ । १ सय ९९ सदस्यीय केन्द्रीय कार्य समिति मध्ये बाँकी सदस्य निर्वाचित अध्यक्षबाट मनोनित हुन्छन्। सहमहामन्त्री ७ जना, कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता पनि निर्वाचित अध्यक्षबाट मनोनित हुने व्यवस्था छ।

अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच भिडन्त हुँदैछ। लामो कार्यकाल अध्यक्ष रहेका थापा आफुलाई राष्ट्रवादी नेताको रुपमा स्थापित गराउने र अध्यक्ष जित्ने धुनमा छन् । यसैगरी सनातन हिन्दु राष्ट उनको एजेण्डा हो ।

तर, उनी स्वयमले स्विकारेको विषय चै के हो भने– उनले भारतलाई नेपालमा समानान्तर सरकार सञ्चालनको वाटो खोलिदिएर राष्ट्रघाट गरेका छन् । उनले त्यो निर्णय सच्याउनु पर्ने महसुस गरेपनि हालसम्म त्यसको विषयमा आजसम्म वोलेका छैनन् ।

केही समयअघि एउटा टेलिभिजनसँगको अन्तर्वार्तामा उनले राष्ट्रहित विपरित निर्णय भएको कुरा स्विकारेका हुन । ‘कमलजी तपाईहरु धेरै राष्ट्रियताको कुरा गर्नु हुन्छ। सुर्यवहादुर थापाको प्रधानन्त्रीत्वकालमा तपाई गृहमन्त्री । त्यतिवेला नै भारतिय दुतावासलाई कुनै क्षेत्र विषेशमा उसैको इच्छामुताविक ५ करोडसम्म खर्च गर्ने नीति तपाईहरुले पास गर्नु भयो मन्त्रिपरिषदवाट । र आज गाउँगाउँमा त्यो विस्तार भयो भनिन्छ नी ?’ भन्ने प्रश्नमा उनले यो कमजोरी भएको स्विकारे ।

उनले भनेका छन्–‘अव हेर्नोस, यो विषय अन्त्यन्तै संवेदनशिल विषय हो । वास्तवमा त्यो वेलाको क्याविनेटले निर्णय गरेको कुरालाई म इन्कार गर्दिन। त्यो कारणले गर्दाखेरी त्यो वेलाको मन्त्रीको नाताले मैले पनि केही न केही नैतिक जिम्मेवारी लिनु पर्छ । तर, यो विषय म आज तपाईलाई यति मात्रै भनौं, कतिपय कुराहरु एउटा मन्त्रीले सपथ खाएपछि सवैकुराहरु अहिले भन्न गाह्रो हुन्छ। क्याविनेटमा छलफल भएर निर्णय भएको विषय होईन।’ 

उनले यो विषयमा निर्णय भएपछि पनि धेरै पछि आफुले जानकारी पाएको दावी गरे । ‘यसको दुरगामी प्रभावको वारेमा तपाईलाई आज यस्तो लाग्दैन की हामीले गल्ति गर्यौ ?’ भन्ने प्रश्नमा उनले भनेका छन्–‘निश्चय पनि। हाम्रो पार्टीको त घोषणा पत्रमै छ। मलाई लाग्छ अरु पार्टीले त्यो राख्नु भएको छ की छैन ? हाम्रो पार्टीले त औपचारिक रुपमा घोषणा पत्रमा लेखेको छ की – यसरी, दुतावासहरुलाई समानान्तर सरकार सञ्चालन गर्ने अधिकार दिनु हुँदैन। निश्चय पनि हामीलाई विदेशीहरुको सहयोगको आवश्यक्ता पर्दछ। त्यो सहयोग सरकारको माद्यमवाट हुनु पर्छ भन्ने हाम्रो पार्टीको प्रश्ट धारणा छ। त्यो गल्तिलाई सच्याउनुपर्छ।’

त्यतिवेलाको हस्ति मन्त्री भएर आफु त्यसको साछी किनारा वसको विषयलाई उनले निर्विवाद स्विकार गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी कमल थापा राजेन्द्र लिङ्देन

विशेष