News राजनीति

रेखा थापाको आरोपः कमल थापाले एउटी नेतृलाई प्रियतम वनाएर अरुलाई अपहेलना गरे

रेखा थापाको आरोपः कमल थापाले एउटी नेतृलाई प्रियतम वनाएर अरुलाई अपहेलना गरे

राप्रपाको अध्यक्ष पदका उम्मेदवार कमल थापालाई प्रतिस्पर्धी प्यानको महामन्त्री पदकी उम्मेदवार तथा अभिनेतृ रेखा थापाले पार्टीमा एक जना महिलालाई मात्रै प्यारो वनाएर अरुलाई पाखा लगाएको आरोप लगाएकी छिन् ।

राप्रपा नेतृत्वका लागि भृकुटीमण्डपमा मतदान भइरहेका बेला पत्रकारहरूसँग कुरा गर्दै उनले थापाविरुद्ध कटाक्ष गरेकी छिन् । थापा शासकिय प्रवृत्तिवाट अघि वढेको उनको आरोप छ। ‘कमल थापाको हतोत्साही मनस्थिति र उहाँ कतिसम्मको कन्चुरेटिभ, र उहाँ कतिसम्मको आफैं खाउँ, आफैं लाउँ, र, एउटा हुन्छ नि!’ उनले भनिन्–‘शासकीय प्रवृत्तिबाट अघि बढ्नुभएको नेता भन्ने कुरा यहीँबाट बुझियो।’

अध्यक्ष थापाको प्रवृत्तिकै कारण आज पार्टी कोल्याप्स भएको र जिर्ण अवस्थामा पुगेको उनको ठहर छ। ३३ सिटवाट, २२ सिटमा त्यसपछि एक सिटमा झरेको जानकारी दिँदै उनले थपिन्–‘राजेन्द्र लिङ्देनको पछाडि मात्रै किन जनलहर भयो ?जनमत किन भयो? एउटा मात्रै सिट किन भयो? उहाँको यही प्रवृत्तिले गर्दा हो।’

‘म पनि उहाँकै पार्टीको नेत्री हो नि!’ भन्दै उनले ‘अरू नेत्री महिलाचाहिँ उहाँको कोही पनि होइन, सिरिप एउटै नेत्री मात्रै उहाँका लागि प्रियतम, प्रियसी, प्रिय पात्र हुन्छ भने अरू नेत्रीहरूले सहेर बस्छन?’ भन्दै प्रश्न गरिन्।

कमल थापाले युवा नेतृत्व अगाडि आउन खोज्दा सेन्डिेकेट लगाएको रेखाको आरोप छ। यति मात्रै होईन रेखाले सामाजिक सञ्जालमा समेत थापा विरुद्ध आक्रोश ब्यक्त गर्दै आएकी छिन् । 

रेखाले आफू गणतन्त्रवादी भएको बताएको एउटा भिडियो क्लिप शेयर गर्दै कमल थापाले ‘हाहाहा! नो कमेन्ट।’ भनेर लेखेपछि रेखा आक्रोशित भएकी छिन् । त्यसको केही समयपछि नै उनले पनि एमसीसी पास हुनुपर्ने पक्षमा वकालत गरिरहेका कमल थापाको भिडियो शेयर गर्दै ‘नो कमेन्ट’ लेखेकी छिन् ।

त्यसपछि कमल थापा र रेखा थापाविच जुहारी चलिरहेको छ।
 

कमल थापा रेखा थापा

विशेष