News

‘पृथ्वीनारायणको विरोध गरेर मार्क्स र माओलाई माला लगाउनेबाट देश बन्दैन’

वहाँहरुको एजेण्डा भनेको मार्क्स र माओले ओढाई दिएको समाजवाद र साम्यवादको छातामात्रै हो

‘पृथ्वीनारायणको विरोध गरेर मार्क्स र माओलाई माला लगाउनेबाट देश बन्दैन’

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पृथ्वीनारायण शाहलाई अपहेलना गरेर मार्क्स र माओलाई माला लगाउन जानेहरुबाट देश नबन्ने वताएका छन् ।

शनिबार जावलाखेलमा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा वोल्दै अध्यक्ष मिश्रले राजाको नाम लिनासाथ आईलाग्ने प्रवृत्तिको चर्को आलोचना गरे । ‘यो देशमा माओको नाम लिन हुने, माओको गुणगान गाउन हुने। यो देशमा महेन्द्रको गुणगान गाउन नहुने? किन नहुने?’–मिश्रले प्रश्न गरे ।

राजसंस्थावादी भनेर आफूलाई लगाएको आरोपको खण्डन गर्दै उनले आफु कुनैवादी नभएको र नेपालवादी भएको वताए । ‘म न राजसंस्थावादी हुँ, न त गणतन्त्रवादी हुँ। न धर्मनिरपेक्षतावादी हुँ, न धर्मसापेक्षतावादी हुँ। न संघीयतावादी हुँ, न संघीयता विरोधी हुँ’ उनले भने–‘म नेपालवादी हुँ। म यो देशको हित जतिबेला जसरी हुन्छ, म त्यही वादी हुँ। जसलाई जे भन्नुपर्छ, भने हुन्छ।’

उनले आफूहरुसँग विचार नभएको भन्ने आरोपको खण्डन गरे। ‘उहाँहरु (आरोप लगाउनेहरु)को लागि विचार भनेको मार्क्स र माओले ओडाइदिएको समाजवाद र साम्यवादको छातामात्रै हो। उहाँहरुको लागि एजेण्डा भनेको सांसदलाई सांसद विकास कोष दिएर सांसदलाई ठेकेदार बनाउने एजेण्डा हो। उहाँहरुको एजेण्डा भनेको बिचौलियासँग साँठगाँठ गरेर दिनै नसकिने अस्पताल चलाउन दिने, स्कुल चलाउन दिने, व्यापार चलाउन दिने, सहरलाई कंक्रिटको जंगल बनाउन दिने हो’ उनले भने–‘यो सम्पूर्ण उहाँहरुको एजेण्डा हो। ती एजेण्डाचाहीँ उहाँहरुको लागि राजनीति हो। हामीले भनेको एजेण्डाचाहिँ उहाँहरुको लागि राजनीति होइन।’

पृथ्वीनारायण शाह रवीन्द्र मिश्र

विशेष