News

एमालेको राष्ट्रिय महाधिवेशनलाई प्रचण्डले ‘मेला’ भन्दिए !

एमालेको राष्ट्रिय महाधिवेशनलाई प्रचण्डले ‘मेला’ भन्दिए !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले मंसिर १० देखि १२ गतेसम्म चितवनको सौराहामा सम्पन्न नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनलाई मेलाको संज्ञा दिएका छन् ।

शनिबार चितवनमा नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माण शिलान्यास समारोहमा अध्यक्ष प्रचण्डले एमाको महाधिवेशनलाई मेला भन्दै ब्यंग्य गरे । ‘देशको राजनीतिको केन्द्र पनि चितवन भएको छ। केही दिन अघि निकै ठूलो मेला जसरी मानिसहरु जम्मा भए। नारायणी के हो? चितवन के हो? यहाँको भौतिक पूर्वाधार केहो? भन्ने देखेर गए,’ प्रचण्डले भने, ‘चितवनको राजनीतिक महत्व केहो भन्ने स्थापित गराएर गएको लाग्छ।’

‘प्रचण्ड’ले एमालेको महाधिवेशनलाई आफूले सकारात्मक रुपमा लिएको बताउँदै सभामा सहभागी भएकाहरुले चितवन र भरतपुरको विकास हेरेर गएको बताए। पछिल्लो समय चितवन राजनीतिको पनि केन्द्र भएको उनको भनाई छ।

विशेष