News राजनीति

रौतहटमा कांग्रेसका विजयी उम्मेदवारले प्रमाण पत्र नपाएपछि प्रदर्शन

रौतहटमा कांग्रेसका विजयी उम्मेदवारले प्रमाण पत्र नपाएपछि प्रदर्शन

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत रौतहटमा भईरहेका पालिका स्तरीय अधिवेशनमा संस्थापन समुहले किचलो गरिरहेको छ। अनावश्यक रुपमा वखेडा झिकेर नतिजा आफनो पक्षमा पर्ने प्रयास गरेको उक्त समुहले निर्वाचन पश्चात पनि अनावश्यक रुपमा झमेला गरिरहेको छ।

संस्थापन समुहको अवरोधकै कारण विजयी पदाधिकारीहरुले अहिलेसम्म प्रमाण पत्र पाउन सकेका छैनन् । रौतहट क्षेत्र नम्बर ४ का निर्वाचित क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधीहरूको प्रमाणपत्र दिईएको छैन। प्रमाण पत्र वितरणमा दुई कार्यकाल सभापति रहेका कृष्णा यादव समूहले अवरोध गरेको स्थानीय नेता÷कार्यकर्ताको आरोप छ।

यादवले सुरुवातमा सहमति गर्ने नाममा चुनाव नै रोक्न लागि परेका थिए । महामन्त्री सशांक कोईरालाको निर्देशनमा जिल्ला सभापति यादव र मतदान अधिकृत दिपक रेग्मीले रौतहट जिल्लाको कांग्रेस राजनीति विवादित वनाईएका थिए । 

विवादकै कारण रौतहट क्षेत्र नं. ४ को क्षेत्रिय अधिवेशन अवरुद्ध भएको थियो। चन्द्रपुर नगरपालिका ५ वाट क्षेत्रिय प्रतिनिधि हारेका रविनचन्द्र कोईराला (२२७) लाई क्षेत्रिय प्रतिनिधि वनाउन क्षेत्र नं. ४ को अधिवेशन विवादित वनाईएको छ।

रविनचन्द्र कोईराला वरिष्ठ नेता रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेलका क्लासमेट हुन । उनी चन्द्रपुरवाछट प्रतिनिधिमा हारेपछि महामन्त्री शशांक कोईरालाको ठाडो निर्देशनमा उनलाई वृन्दावन– २ बाट क्षेत्रीय प्रतिनिधि वनाईएको छ। कोईरालालाई प्रतिनिधि वनाउन देउवा, पौडेल, कोइराला सवै पक्ष एक देखिएका थिए ।

तर, मंसिर ४ गते १ सय ५१ जनाले लिखित रुपमै निर्वाचनको आग्रह गर्दै जिल्ला निर्वाचन अधिकृतलाई पत्र बुझाएपछि निर्वाचन समितिले भोटिङ्ग गराएको थियो ।

भोटिङ्गमा यादव पक्ष हारेकाले प्रमाणपत्र वितरणमा अवरोध गरेको जनाईएको छ। चुनाव रोक्ने देखि प्रमाण पत्र वितरणसम्ममा अवरोध गरेर यादवले अलोकतान्त्रिक चरित्र देखाएको भन्दै स्थानीय कार्यकर्ताले प्रदर्शन गरेका छन् ।
 

नेपाली काँग्रेस

विशेष