News

अभिनय, गायन र राजनीतिका तीन ‘तारा’: जो पढाईका कारण पनि चर्चामा छन्

अभिनय, गायन र राजनीतिका तीन ‘तारा’: जो पढाईका कारण पनि चर्चामा छन्

इच्छा भए उमेरले शिक्षाको भोकलाई रोक्क सक्दैन भन्ने उदाहरण वनेका छन् अभिनेतृ करिस्मा मानन्धर र संघीय संसदमा एमालेकी सचेतक रहेकी सांसद शान्ता चौधरी। उनिहरु दुवैले यसै वर्ष १२ कक्षा पास गरे। 

राष्ट्रिय परीक्षा बोर्डले गत भदौ–असोजमा लिएको परीक्षाको नतिजा सार्वजनिक हुँदा दुवैले कक्षा १२ पास गरे। करिश्माले २.४१ जीपीए ल्याएर कक्षा १२ उत्तीर्ण गरेका छन् । सानै उमेरमा नेपाली चलचित्रमा अभिनय गर्न थालेकी उनले समय छँदा पढाईलाई निरन्तरता दिन पाईनन्। तर, समय केही पाको भएपनि उनले पढाईलाई निरन्तरता दिईन् ।

गोदावरीस्थित किटिनी माविबाट कक्षा १२ को परीक्षा दिएकी उनले कोरोना महामारीका कारण नियमित कक्षा नभएकाले नतिजामा सन्तुष्टि जनाएकी छिने । उनले नतिजाबाट आफू खुशी रहेको प्रतिक्रिया दिइन् । ‘कोरोना महामारीका कारण पढाइ राम्रो भएको थिएन । छोटो समयको तयारीले परीक्षा दिएकी थिएँ । आशा नै यति गरेकी थिएँ, नतिजाबाट खुशी छु’– उनले भनेकी छिन् ।

करिस्माले अब स्नातक तहमा भर्ना भएर पढाइलाई निरन्तरता दिने बताइन् । स्नातकमा ग्रामीण विकास मूल विषय लिएर पढ्ने उनको ईच्छा छ। 

यसैगरी, एमाले नेतृ शान्ता चौधरीले पनि कक्षा १२ उत्तिर्ण गरिन । १८ वर्ष अर्काको घरमा काम गरेर बस्न बाध्य भएकी शान्ता चौधरी पहिला कमलरी थिइन् ।

उनले आफू कानुन विषयमा १२ कक्षा उत्तीर्ण गर्न सफल भएको बताएकी छन्। उनले १२ कक्षा पास गरेसँगै अध्ययनलाई निरन्तरता दिने बताएकी छन्। ‘मैले पनि कानुन बिषयमा १२ कक्षा उत्तीर्ण गर्न सफल भएर खुशीको अनुभूति गर्ने अवसर पाएँ’, चौधरीले फेसवुकमा लेखेकी छिन्–‘आउने दिनमा अध्ययनलाई  थप अगाडि बढाउने छु।’

गत असोज ८ गतेदेखि भएको कक्षा १२ को परीक्षामा उनले नयाँ बानेश्वरस्थित रत्न राज्यलक्ष्मी उच्च माविको होम सेन्टरबाट परीक्षा दिएकी थिएकी थिइन्। चौधरीले २०७६ सालमा एसईई परीक्षा पास गरेकी थिइन् ।

मानन्धर र चौधरी एसईईमा सहभागी भएदेखि नै सामाजिक सञ्जालमा चर्चामा छन् ।

मानन्धर र चौधरीसँगै नेपाल आइडलबाट स्टार बनेकी गायिका रचना रिमाल पनि १२ कक्षा पास भएकी छन्। उनले झापाको प्रज्ञा एकेडेमीबाट १२ कक्षा पास गरेकी हुन्।

उनले ३.४४ जीपीए ल्याएर कक्षा १२ पास गरेकी हुन । उनले अब संगीत विषय लिएर काठमाडौंमै अध्ययन गर्ने वताएकी छिन् । नेपाल आइडलको तेस्रो संस्करणमा उनी उत्कृष्ट आठसम्म पुगेकी थिइन्।

१२ कक्षा शान्ता चौधरी रचना रिमाल करिस्मा मानन्धर

विशेष