News

कमल थापाले आरोप लगाएपछि निर्मल निवासवाट आयो प्रतिक्रिया

कमल थापाले आरोप लगाएपछि निर्मल निवासवाट आयो प्रतिक्रिया

पूर्वराजा ज्ञानेन्द्र विरविक्रम शाहका सम्वाद सचिव फणीन्द्र पाठकले जनताको इच्छा र अकांक्षाका खातिर सर्लक्क राजदरवार छोडेका राजालाई एउटा पार्टीको चुनावका विषयमा जोडेर आक्षेप लगाईएको प्रति असन्तुष्टी जनाएका छन् ।

राप्रपाको अध्यक्षमा पराजित भएपछि कमल थापाले ट्वीट गर्दै पराजयको दोस ज्ञानेन्द्रमाथि थोपरेका थिए । सोही विषयमा नेपाल आजको सँगको कुराकानीका क्रममा पाठकले यस्तो असन्तुष्टी जनाएका हुन । थापाको जवाफमा पाठकले भनेका छन्–‘राजाको चासो देश र जनता प्रति छ। कुनै पार्टी र त्यसका नेताप्रति राजाको कुनै चासो छैन र हस्तक्षेप पनि हुँदैन। अरु वेला राजाको गुणगान गाउँने अनि हारेपछि चाहीँ आरोप लगाउन मिल्छ ?’

उनले कुनै पनि पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासले हस्तक्षेप नगर्ने भन्दै थपे–‘वरु पछिल्लो समय राजनीतिक दललाई नै राजाको आवश्यक्ता परेको महसुस हुन थालेको छ। कुनै दलका शिर्ष नेतालाई होला, कुनै दलका तल्लो तहका नेता/कार्यकर्तालाई होला। तर, देशमा राजाको आवश्यक्ता रहेको अधिकांश पार्टीहरुमा स्विकार हुन थालेको विषय हो।’

राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय महाधिवेशन उद्घाटनका कार्यक्रममा मालेका अध्यक्ष सिपी मैनाली, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका नेताहरुको अभिब्यक्ति प्रति संकेत गर्दै उनले त्यसवाट पनि राजाको आवश्यक्ताका विषयमा प्रष्ट हुने जिकिर गरे।उनले भने–‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा राजाले हस्तक्षेप गर्न सक्ने हो भने त ति दललाई राजाको आवश्यक्ता रहेछ भन्ने देखियो नी त।’

अध्यक्षमा पराजित थापाले राप्रपाको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासले नाङ्गो हस्तक्षेप गरेको आरोप लगाएका थिए । ‘प्रतिकूल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु। पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु,’ उनले भनेका छन्।

उनले ट्वीटमै पूर्वराजा ज्ञानेन्द्र विरविक्रम शाहलाई मेन्सन गर्दै राजतन्त्र बोकेर हिँडेको पुरस्कार आज पाइयो भनेका छन्। तर उनले मेन्सन गरेको ट्वीटर ह्यान्डल पूर्वराजाको हो वा होईन भन्ने पुष्टी छैन।

‘मैले राहत र उन्मुक्ति पाएको छु। सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो,’ उनले भनेका छन्, ‘सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।’

यो पनि

कमल थापा र रेखाको हारले सिकाएको पाठः इमानको राजनीति, इमानदार नेतृत्व

भद्रपुर–धनकुटा माईक्रो चलाएका लिङ्देन राप्रपाको चालक !

लिङेदेनले जितेकोमा भन्दा कमल थापा हारेकोमा रेखालाई खुसी

पूर्वराजा प्रती पराजित कमल थापाको प्रचण्ड आक्रोश, पार्टी खोल्ने तयारी

राप्रपाको महामन्त्रीमा रेखा थापा पराजित

राप्रपा अध्यक्षमा लिङ्देन विजयी, कमल थापाको आक्रोश पूर्वराजा माथि

रेखा थापाको आरोपः कमल थापाले एउटी नेतृलाई प्रियतम वनाएर अरुलाई अपहेलना गरे

पुर्वराजा र रेखा थापासम्मको समर्थन लिङ्देनलाई, अप्ठ्यारोमा कमल थापा

कमल थापा कति राष्ट्रवादी, उनैले स्वीकारे आफुले गरेको राष्ट्रघात!

ज्ञानेन्द्र शाह फणीन्द्र पाठक

विशेष