News

राप्रपा अध्यक्षमा लिङ्देन विजयी, कमल थापाको आक्रोश पूर्वराजा माथि

राप्रपा अध्यक्षमा लिङ्देन विजयी, कमल थापाको आक्रोश पूर्वराजा माथि

राप्रपाको अध्यक्षमा राजलङ्देन निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष कमल थापालाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन ।

उनी प्रतिस्पर्धी थापाभन्दा २ सय मत बढी ल्याएर विजयी भएका हुन्। उनले १हजार ८१७ मत ल्याएका छन् भने थापाले १ हजार ६१७ मतमात्रै पाएका छन्।

निर्वाचन समितिका अनुसार अध्यक्ष मतदानमा ४२१ मत बदर भएको छ।

निवर्तमान अध्यक्ष थापाले आफनो हार स्विकार गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्–‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना। प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु।’
 

उनले आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप पनि लगाएका छन् ।

विशेष