News Breaking News मुख्य समाचार राजनीति

नाडामा करण चौधरीको जित पक्का, सोनालिकाका नेपाल डिस्ट्रीब्युटर जयसबालको साथ

नाडामा करण चौधरीको जित पक्का, सोनालिकाका नेपाल डिस्ट्रीब्युटर जयसबालको साथ

काठमाडौं ।  नाडा अटोमोबाइल्स एशोसियशनको आगामी अध्यक्षका लागि उम्मेद्वारी दिएका करण चौधरीलाई देश भरिकै सोनालिकाक़ा ड्रिष्टीब्युटर रवि जयसवालले साथ दिएका छन्।

चौधरीले नाडामा आवद्ध ब्यवासीयहरुको समस्यालाई समाधान गर्ने मुख्य एजेण्डा बोकेकोले आफुले साथ दिएको जयसवालले बताए ।

सबैको हक हितका लागि काम गर्ने लगायत कोरोनाको महामारीलाई नियन्त्रण गर्दै व्यवसायमा अगाडि बढाउने, मूल्यसूचि न्यून हुन गएकोमा माथी उकास्न पहल गर्ने लगायतका अटोमोबाइल व्यवासयीहरुको हक हितका लागि काम गर्ने बिश्वास रहेकोले आफुले साथ् दिएको जयसवालले बताएका छ्न।

नाडा अटोमोबाइल्स एशोसियशनको आगामी अध्यक्षका लागि सिजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले अध्यक्षका लागि उम्मेद्वारी घोषणा गरेका छन् ।
नाडा सात वटै प्रदेशमा विस्तार भइसकेको अवस्थामा सवै प्रदेश संरचनालाई अझै व्यवस्थित र बलियो बनाई नाडालाई संस्थागतरुपमा दरिलो बनाई अगाडि बढाउने उद्देश्यका साथ उम्मेद्वारी दिएको बुझिएको छ ।
देशैभरिका सोनालिकाक़ा ड्रिष्टीब्युटर जयसवाल अहिले नाडाको कार्यसमितिमा उपाध्यक्ष रहेका छन्। अटोमोवाइल व्यवसाय सरकारलाई सर्वाधिक कर बुझाउने एवं निजी क्षेत्रमा ठूला रोजगार प्रदान गर्ने व्यवसाय भएको हुनाले सरकार र व्यवसायी दुवैको उच्चतम हितमा काम गर्न मिल्ने सहज वातावरण बनाउन नितिगतरुपमा समेत अटो व्यवसायलाई सहज बनाउने उद्देश्यका चौधरीलाई साथ दिएको जयसबालले प्रष्ट पारेको छ।
उनले कोरोना महामारी र लकडाउनका कारण नेपालका अटोमोवाइल व्यवसाय संकटमा परेकाले यस व्यवसायको पुनरुत्थानसँगै यस क्षेत्रमा नयाँ आकर्षण र उत्साह ल्याउन समेत चौधरीको विजय जरुरी रहेको उनले बताएका छन्।

हाल नाडाको अध्यक्ष कृष्णप्रसाद दुलाल रहेका छन्।
नेपाल अटोमोबाइल डिलर एसोसिएसन (नाडा)को आगामी मंसिर २२ र २३ गते हुने ४५ औं वार्षिक साधारण सभा हुँदैछ ।

विशेष