News

पूर्वराजा प्रती पराजित कमल थापाको प्रचण्ड आक्रोश, पार्टी खोल्ने तयारी 

पूर्वराजा प्रती पराजित कमल थापाको प्रचण्ड आक्रोश, पार्टी खोल्ने तयारी 

पार्टी अध्यक्षमा अप्रत्यासित हार ब्यहोरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । पार्टी अध्यक्षको आन्तरिक प्रतिस्पर्धामा पूर्वराजा समेत लागेर हराएको महसुस गरेपछि उनी पार्टी खोल्ने निस्कर्षमा पुगेका हुन ।

थापा निकट नेताहरुका अनुसार अव राजा र राजसंस्था छोडेर अगाडि वढ्ने गरी नयाँ पार्टी खोल्ने निस्कर्षमा थापा पुगेका छन् । अध्यक्षमा पराजित भएपछि उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको अभिब्यक्तिले पनि उनी अव राजसंस्था नवोक्ने मनस्थितीमा पुगेको स्पष्ट हुन्छ। 

‘मैले राहत र उन्मुक्ति पाएको छु’ भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्–‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो। सो एजेण्डाको मुल संवाहकलाई राजनीतिक रुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ–कामना।’

तर, उनको यो भनाई प्रति आम जनमानस भने सन्तुष्ट छैन। उनको अभिब्यक्तिको चर्को विरोध पनि भएको छ। वैकुन्ठ महत भन्छन्– ‘मैले राहत र उन्मुक्ति पाएको छु भन्ने शब्दले राजतन्त्रको घाँंडो तपाईंले जबरजस्ती बोकेको भन्ने प्रमाणित गर्दछ । म्याद नाघेका बस्तुहरु अमृत भएपनि मिल्काउनु पर्छ भन्ने कुरा राप्रपाका कार्यकर्ताले अंगीकार गरेका छन् ।’


यसैगरी दिक्पाल केसीले अब फेरी देशमा राजतन्त्र पुनस्थापना हुन चैँ नसक्ने वताएका छन् । ‘अब लोकतान्त्रिक पद्धतिबाट राजा ज्ञानेन्द्रलाई देशको प्रधानमन्त्री बनाएर अगाडी बढाउने मेसो मिलाउ। गणतन्त्र आएसी पनि २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको भन्नु हुन्छ, यो समयअवधिमा सायद लिङ्देनले तपाईँ भन्दा अझ बढी योगदान दिनु भयो होला र कार्यकर्तालेहरु नि तपाईँबाट थकित हुनु भएको हुन सक्छ’ उनले लेखेका छन्–‘मिलेर अगाडी बढ्दा नै राम्रो होला! फुटाउने जुटाउने तपाईँको कुरा! हामीलाई खासै महत्व छैन तर अलि अलि चिन्तन छ, किन कि देशका ठुला पार्टीमा नि नेतृत्व किफायती छैन !’

यद्यपी थापाले पूर्वराजालाई पनि पटक–पटक धोका दिएका थिए । उनमाथि मुसा प्रवृत्ति अवलम्वन गरेको र पञ्चायतदेखि वहुदलसम्म पद लिन नछोडेको आरोप लाग्दै आएको छ। संजि भण्डारी भन्छन्–‘पञ्चायत, बहुदल हुँदै गणतन्त्रको समेत २ चोटी काट्टो खान सफल, छेपारो भन्दा बढी रंग फेर्ने, छुचुन्द्रे कार्यशैली भएको अवसबादीको पराकाष्ठा १४ चोटी मंन्त्री हुन सफल। मन्त्रीको लागि बिरालोले मुसो ढुकेको जसरी ढुक्ने, मुसे प्रबित्तीको मुसे थापा उर्फÞ कमल थापालाई पूर्वको सामान्य परिवारमा जन्मिएका लिम्बुको छोरोले पाहा पछारेको झै पछारेर धुलो चटाएका छन। यसै गरि हरेक पाटीमा युवा अगाडी आउनु पर्छ।’

कमल थापाले भने यस विषयमा थप प्रतिक्रिया दिएका छैनन् ।

यो पनि

राप्रपाको महामन्त्रीमा रेखा थापा पराजित

राप्रपा अध्यक्षमा लिङ्देन विजयी, कमल थापाको आक्रोश पूर्वराजा माथि
 

कमल थापा पूर्वराजा

विशेष