News

अध्यक्षमा भोटका लागि सुरा र सुन्दरीको अफर (टेलिफोन सम्वाद)

अध्यक्षमा भोटका लागि सुरा र सुन्दरीको अफर (टेलिफोन सम्वाद)

अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)को ४५औं राष्ट्रिय अधिवेशन मंसिर २२ गते काठमाडौंमा हुँदैछ। अधिवेशनमा नयाँ कार्यसमितिको चयन हुने भएकाले सामान्य उतार चढाव स्वभाविक हो। 

तर, फोर्स मोटर्सका आधिकारिक बिक्रेता ध्रुव थापाको प्यानलले चुनाव जित्ने नाममा अनैतिक काम गरिरहेको प्रमाण नेपाल आजलाई प्राप्त भएको छ। ३ हजार १ सय ९० जना मतदाता रहेको नाडामा प्यानल जिताउँन थापा पक्षले मतदातालाई प्रलोभन दिईरहेको टेलिफोन सम्वाद हामीले फेला पारेका छौं ।

उक्त टेलिफोन सम्वाद यस्तो छः
एजेन्ट– हेल्लो।
डिलर– क्या क्या सुविधा है वोस उधर ? (के के सुविधा छ वोस त्यहाँ ?)
एजेन्ट– जाने आनेका खर्च, खाना, लजिङ, फुटिङ्ग । उसके वाद सव है। (त्यहाँ जाने आउने खर्च खाना, वस्ने । त्यस वाहेक सवै छ।) उनको यो ‘त्यस वाहेक सवै छ’ मा सुरा र सुन्दरीको कुरा जोडिएको स्रोतको दावी छ। 
डिलर– अच्छा, सोल्टीमे है न ?
एजेन्ट– सोल्टी मे चुनाव है। रहना होगा दुस्रा कोनो होटलमे। कौन मे कर्ता है देख्ते है। (सोल्टीमा चुनाव । वस्नु पर्छ अर्को कुनै होटलमा। कुनमा गर्छन हेरौ। )
डिलर– तो हम लोग खुद जाके दे सक्ते है की हम लोगोंके नाम पे कोई और गिराएगा ? सो समझना था सर ? (हामी आफै गएर दिन (भोट) सक्छौ की हाम्रो नाममा अरु कसैले खसाउँछ।)
एजेन्ट– देखते है (हेर्नुपर्छ)। (एकछिन पछि) दोनो अपसन था, जाईएगा तो भी, नहि जाईएगा तो भी। (दुईटै अप्सन छ। जाँदा पनि भयो, नजाँदा पनि भयो।)
डिलर– अच्छा हम लोग जाएंगे तो खर्चा हम लोगोंका नहि न लगेगा ? सव ब्यहोर करेगा ? (हामी गयौ भने खर्च हाम्रो त लाग्दैछ? सवै ब्यहोरिन्छ ?)
एजेन्ट– नहि लग्ना था, हँ कुछो नहि लग्ना था। (लाग्दैन, केही लाग्दैन।)
डिलर– मिश्रा जी ब्यहोर करेंगे की मतलव उधर से ? नाडा ? (मिश्रा जीले ब्यहोर्ने होकी नाडाले ?)
एजेन्ट– नाडा नही करेगा, हम लोगोंका कम्पनी करेगा। (नाडाले गर्दैन, हाम्रो कम्पनीले गर्छ।)
डिलर– ए, ... मिश्रा तरफ से होगा। ये सव खर्चा ? (ए, ......... मिश्राको तर्फवाट हुन्छ, यो सवै खर्च ?)
एजेन्ट– हँ... हँ...
डिलर– विर्तामोडमे है की वाहर है ? (विर्तामोडमा हुनुहुन्छ की वाहिर ?)
एजेन्ट– हम आगए दमक। (म आएँ दमक) (ठाउँको नाम परिवर्तन गरिएको छ।
डिलर– दमक रहेते है क्या आप? (दमकमा वस्नु हुन्छ तपाई ?)
एजेन्ट– जी।

ध्रुव थापा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)

विशेष