News

आणविक हतियारको उत्पादनबाट निस्किएको फोहोरले तिब्बतियन प्लेट्युको वातावरण विनाश 

आणविक हतियारको उत्पादनबाट निस्किएको फोहोरले तिब्बतियन प्लेट्युको वातावरण विनाश 

ग्लोबल वार्मिङको असर अन्य क्षेत्रको तुलनामा तिब्बतमा अत्याधिक परेको तथ्य सार्वजनिक भएको छ। ग्लोवल वार्मिङका कारण विश्वका अन्य क्षेत्रका हिमतालभन्दा तिब्बतियन प्लेट्युका हिमतालहरु तीन गुणा चाँडो पग्लिरहेका छन् ।

यसको मुल कारण चीनले अधिकमात्रामा आणविक हतियारको उत्पादन गर्नु भभएको पाईएको छ। आणविक हतियार उत्पादनका कारण उत्पन्न रासायनिक फोहोर वस्तुलाई यही क्षेत्रमा जम्मा गर्दा त्यसको असर पनि वढि देखिएको वताईन्छ।

तिब्बती आध्यात्मिक गुरु दलाइ लामाले पछिल्लो समय विश्वमा भइरहेको वातावरणीय संकटको विषयमा बोल्दै यो विषय वाहिर ल्याएका हुन । उनले चीनले तिब्बतलाई आणविक हतियार उत्पादन केन्द्रको रुपमा प्रयोग गरिरहेकोसमेत आरोप लगाए । 

चीनका यस्ता गतिविधिहरुले मानवीय मात्र नभए वन्यजन्तु र वातावरणलाई पनि निकै ठूलो नोक्सान गरिरहेकोप्रति उनले ध्यानाकर्षण गराएका छन्। उनले पृथ्वीमा रहेको वातावरणको सुरक्षा र संरक्षण गर्नु भनेको आफ्नो बासस्थानको सुरक्षा गर्नु भएको उल्लेख गर्दै पृथ्वीको स्रोतको दोहन नगर्नसमेत सुझाएका छन्। 

उनले अहिलेको पुस्ताले आगामी पुस्ताका विषयमा कुनै पनि ध्यान नदिएकाप्रति चिन्ता व्यक्त गरेका छन्। प्राकृतिक स्रोतको दोहान र प्रकृतिलाई नै नोक्सान हुने काममा कोही पनि लाग्न नहुनेसमेत उनले बताएका छन्। 

तिब्बती प्लेट्युको संरक्षण नगरिए वातावरणीय स्वास्थ्य र स्थायीत्वमा क्षयीकरण भएर मानव बस्ती नै समाप्त हुने अवस्था सिर्जना हुनसक्ने उनले बताएका छन्। यसअघि भएको कोप २६ को विषयमा उल्लेख गर्दै विभिन्न मुलुकहरुले जलवायु परिवर्तनलाई रोक्नका लागि भूमिका खेल्ने बताए पनि तिब्बती पर्यावरणतर्फ ध्यान नगएकोसमेत बताएका छन्।
 

विशेष