नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा गुरुराज घिमिरे २ भोटले हारेपछि...

नेपाली कांग्रेसको प्रदेश १ को अधिवेशनमा प्रभावशाली केन्द्रीय नेताहरू शेखर कोईराला, सुजता कोईराला, वलवहादुर केसी, महेश आचार्यलगायतले नै भोट नहालेका कारण सभापतिका उम्मेदवार गुरुराज घिमिरे पराजित भएका छन् ।
सभापतिमा शेसवहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलानिकट नेता उद्धव थापाले २ भोटले जितेका छन् । थापा ८४४ मत पाएर विजयी भए । पराजित घिमिरेले ८४२ मत पाए । घिमिरे २ भोटले मात्रै पराजित भएपछि केन्द्रीय नेताहरूले नै मतदान नगरेको बाहिरिएको छ।
शेखर खोईरालाले विराटनगरै भए पनि घिमिरेलाई मतदान नगरेका वताएको छ। पार्टीका प्रवक्ता समेत रहेका नेता विश्वप्रकाश शर्मा अधिवेशनमा सहभागी नै नभएको वताईन्छ।
रक्षामन्त्री मिनेन्द्र रिजाल, नेता कृष्णप्रसाद सिटौला र मीन विश्वकर्मा लगायतले भने मतदान गरेका थिए । नेता बलबहादुर केसीले आफूहरूले मतदान नगरेको पुष्टि गरे । नेता शेखर कोइरालाले भने निर्वाचन समितिले अस्पष्ट जवाफ दिएका कारण आफूले मतदानमा सहभागी नभएको बताए।
नेताहरूले केन्द्रीय निर्वाचन समितिले गलत सञ्चार गर्दा आफूहरू मतदानमा सहभागी नभएको दाबी गरेका छन् । तर, निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले भने आफूले त्यस्तो सञ्चार नगरेको दाबी गरे ।
प्रदेश सभापतिमा पराजित नेता घिमिरेले भने पुनः मत गणनाको माग गरेका छन् । उनले प्रदेश निर्वाचन समितिलाई निवेदन दिइसकेका छन् । तर, समितिले केन्द्रीय निर्वाचन समितिले त्यो पत्र पठाएको छैन । घिमिरेले पुनः मत गणनाको माग गरेपछि प्रदेश निर्वाचन समितिले नतिजा घोषणा भने गरेको छैन ।