News

को को वन्दैछन एमाले स्थायी कमिटी सदस्य, वाहिरियो सूची

को को वन्दैछन एमाले स्थायी कमिटी सदस्य, वाहिरियो सूची

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी गठनको तयारी गरेका छन् । उनले स्थायी कमिटीमा लाने नेताहरुको सूची वाहिरिएपछि अन्य नेताहरु लविङ्गमा लागेका छन् ।

ओली निकट स्रोतका अनुसार अध्यक्ष ओली र उनी निकटका पदाधिकारीहरुले स्थायी कमिटीमा ल्याउने नेताहरुको मोटामोटी टुंगो लगाइसकेका छन् । स्थायी कमिटीमा निर्वाचित पदाधिकारीवाहेक २६ जना नेता चयन हुनेछन् ।

एमाले नेताहरुका अनुसार रघुजी पन्त, घनश्याम भूसाल, किरण गुरूङ, मणि थापा र भीम आचार्य स्वतः स्थायी कमिटी सदस्यमा मनोनित हुनेछन् । खगराज अधिकारी, भानुभक्त ढकाल, विन्दा पाण्डे, थममाया थापा, यामलाल कँडेल, प्रभु साह, देवराज घिमिरे, गुरु बराल, शेरधन राई र कृष्ण गोपाल श्रेष्ठलाई स्थायी कमिटी सदस्यमा मनोनित गर्नेबारे सहमति भइसकेको ति नेताले वताए ।

शेरबहादुर तामाङ, राजन भट्टराई, किरण गुरुङ, बैजनाथ चौधरी, कर्ण थापा, अरुण नेपाल, शिवमाया तुम्बाहाङ्फे, काशीनाथ अधिकारी, परशुराम मेघी गुरुङ, अग्नि खरेल, गोकुल घर्ती र गोरख बोगटीको नाम पनि स्थायी कमिटीमा राख्ने सूचीमा छ।

एमालेको विधानअनुसार स्थायी कमिटीमा ४५ जना रहेने ब्यवस्था छ। विधानअनुसार अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल र सुवास नेम्वाङ तथा महासचिव शंकर पोखरेल स्थायी कमिटीमा पर्छन् ।

उपमहासचिवहरू प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल र सचिवहरू टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लेखराज भट्ट, रघुविर महासेठ, योगेश भट्टराई, गोकर्ण बिष्ट र पद्मा अर्याल पनि स्वतः स्थायी कमिटीका सदस्य हुनेछन् ।

स्रोतका अनुसार पदाधिकारीमा नपरेका र यसअघि पोलिटब्युरोमा रहेका धेरैजसो नेता स्थायी कमिटी सदस्यका आकांक्षी छन् ।  विधानले केन्द्रीय कमिटीलाई स्थायी कमिटी बनाउने अधिकार दिएको छ । अध्यक्ष ओली स्थायी कमिटी सदस्य सर्वसम्मत चयन गर्ने गृहकार्यमा छन् ।

आकांक्षी धेरै रहेकाले मापदण्ड बनाएर स्थायी कमिटी गठन गर्न कतिपय नेताले सुझाव दिइरहेका छन् दसौं महाधिवेशनमा पदाधिकारीका आकांक्षी धेरै थिए । तीमध्ये केहीलाई ओलीले नै स्थायी कमिटीमा लैजाने आश्वासन दिएको एक नेताले बताए ।
 

विशेष