News

साहुजीका कारण एनआईसी बैंकका सिईओको बैबाहिक जिवन धरापमा (श्रृंखला– १)

साहुजीका कारण एनआईसी बैंकका सिईओको बैबाहिक जिवन धरापमा (श्रृंखला– १)

सामान्यतया विवाह गर्ने उमेरका हरेक किशोरीहरुले चाहाना हुन्छ– आफनो हुनेवाला पति इमान्दार होस, मायाँ गर्ने होस, हेरचाह गर्ने होस अनि प्रतिष्ठित होस । आफनो पति सर्वगुण सम्पन्न होस भन्ने चाहना जो कसैलाई हुनु स्वभाविक हो। 

तर, यस्तो वत्तिसै लक्षणले युक्त पति पाउन गाह्रो छ। यद्यपी आजको कमर्सियल युगमा हेर्ने मुख्य गुणहरु इमान्दार, पद, प्रतिष्ठा र पैसा भएको केटा भने कतिपयलाई मिल्छ पनि । अझ भनौ, हाम्रो जस्तो देशमा भर्भराउँदो अनुहार, कलिलो उमेर, आँखामा हाल्दा नविझाउने स्वभाव अनि एउटा वैंकको सिइओ (प्रमुख कार्यकारी अधिकृत) लाई पतिको रुपमा पाउँदा कस्लाई खुसी नहोला ?

तिनै मध्यकी एक भाग्यमानी किशोरी हुन्, एनआईसी एसिया वैंकका वर्तमान सिईओ रोशन कुमार न्यौपानेकी पत्नि सृजना। मुस्किलले ४० वर्ष पुगेका र ३८ वर्षकै उमेरमा एनआईसी एसिया वैंकका सिइओ वनेका न्यौपानेलाई पतिको रुपमा पाउँदा उनी पक्कै पनि फुरुङ्ङ हुनुपर्छ । उनले आफुलाई संसारकै भाग्यमानी श्रीमतीको रुपमा वुझेको हुनुपर्छ । तर, मानव जिवन न हो..., पारिवारिक सम्वन्धका अगाडि कहिलेकाहीँ पद, प्रतिष्ठा र पैसा पनि फिक्का भईदिन्छन। 

रोशन कामको सिलसिलामा अधिकांश समय कार्यालयमा हुन्छन् । कतिपय अवस्थामा त उनले परिवारलाई समय दिन समेत सक्दैनन् । वैंकलाई देशकै उत्कृष्ठ वनाउने ध्याउन्नमा लागेका न्यौपाने वैंकको प्रमुख कर्मचारी भएका कारण अझ वढि खट्छन् । कहिलेकाही त विहान देखि राती १०÷११ वजेसम्म उनले कार्यालयमै विताउँछन् ।

दिउँसो ४÷५ वजेसम्म कार्यालयको काम, त्यसपछि वैंकको उन्नती र प्रगतिका लागि योजना वनाउने देखि विभिन्न प्रकारका मिटिङ्गले नै उनलाई समय निकाल्न हम्मेहम्म पर्छ । उनी स्वयम्ले पनि महसुस गरेको कुरा हो यो । पदीय जिम्मेवारी वहन गर्ने क्रममा परिवार र आफन्तलाई समय दिन नपाउँदा खिन्न लाग्छ उनलाई । पेशागत रुपमा बढी सक्रिय हुनुपर्दा परिवारमा अलि दुरी बढेको उनको अनुभव छ। 

उनी भन्छन्, ‘बैंकरको पेशा सेवा क्षेत्रमा छ । हामी देशका सेनाजस्तै हौं । २४सैं घण्टा सेवामा खटिनु हाम्रो कर्तव्य पनि हो । आफ्ना ग्राहकको सेवामा हामी जतिवेला पनि हाजिर हुनुपर्ने भएकाले जिम्मेवारीबाट पछि हट्न पनि सकिन्न ।’

हो, उनको यही इमान्दारीताले परिवारका केही समस्या त ल्याएको छ तर, देशमै नमुना वैंकका रुपमा एनआईसी एसियालाई स्थापित गर्न र देशकै नम्वर वान सिइओ वन्ने उनको लक्ष्यमा यी कुराले खासै महत्व राखेको छैन।

सामान्यतयाः एउटा कर्मचारीले काम गर्ने समय भनेको ८ घण्टा हो। तर, सिईओ न्यौपानेलाई काम गर्ने क्रममा समय वितेको थाहै हुँदैन। दिनभरी कार्यालयको काम गरेपछि अन्य कर्मचारी आफनो घर तर्फ लाग्छन् । तर, सिईओ न्यौपाने भने सञ्चालक सदस्यहरुसँग मिटिङ्गमा ब्यस्त हुन्छन् ।

रसुवा पुख्र्यौली घर भएका न्यौपानेले शंकरदेव क्याम्पसबाट बिबिएस सकेर नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट २००६ मा चार्टड एकाउन्टेन्ट्सको कोर्स पुरा गरेका छन् । पेशाले सिए न्यौपाने करियरको ११ वर्ष नपुग्दै सिइओ बने ।

परिवारका पाँच दाजुभाइमा काइला छोरा हुन् रोशन । चार जना दिदीबहिनी, सबैका प्रिय छन् उनी।

सिईओ न्यौपानेको बैंकिङ्ग करियरको सुरुवात अधिकृत तहबाट भयो । चार्टर्ड एकाउन्टेन्ट न्यौपानेले सुरुवाती दिनदेखिनै प्रमुखको हैसियतमा काम गरे ।

बैंक अफ एशिया नेपालमा आन्तरिक लेखापरीक्षण विभाग प्रमुखको रुपमा छिरेका न्यौपानेले सहायक भएर कहिल्यै काम गर्नु परेन । पछि एनआईसीसँग बैंक अफ एशिया मर्ज भएर एनआईसी एशिया बैंक बन्यो, तब  उनी हेड अफ इन्टरनर अडिटमा नियुक्त भए ।

नायव प्रमुख कार्यकारी अधिकृत हुँदा बैंकिङ्ग करियरले मात्र १० वर्ष पार गरेको थियो । त्यसको एक वर्षमा प्रमुख कार्यकारी अधिकृतमा बढुवा भए । उनको कार्यशैलीबाट प्रभावित भएर नै बोर्डले उनलाई प्रमुखमा चयन गरेको हो।

बैंक छिरेको एक दशकमै लक्ष्यमा पुग्न सफल न्यौपाने वास्तवमै भाग्यमानी हुन् ।  

एनआईसी एसिया वैंक रोशन कुमार न्यौपाने

विशेष