News बैंकिङ

सेक्सी सिईओको जीवन कती रंगिन ? (श्रृंखला–२)

सेक्सी सिईओको जीवन कती रंगिन ? (श्रृंखला–२)

पढेलेखेको मान्छे, देशमै टप -याङ्किङको जागिर, कलिलो र कर्कलाको मुना जस्तो कलकलाउँदो अनुहार, खाईलाग्दो शरिर, मिठो मुस्कान अनि मिजासिलो स्वभाव । त्यसमाथि दौरासुरुवालमा कोट र नेपाली टोपी।

यो कुनै फिल्मको नायक वा एकादेशको राजकुमारको कथा होईन। एनआईसी एसिया वैंकका सिइओ (प्रमुख कार्यकारी अधिकृत) रोशन कुमार न्यौपानेको शब्द चित्रण हो। उनलाई देखेर पहिलो नजरमै मन नपराउने स्त्री सायदै होलान। 

सवैलाई लाग्छ– यस्तो मान्छेको जीवन कति रंगिन होला। यस्तो कल्पना गर्नु अन्यथा पनि होईन। यस्ता मानिसको जीवन प्रायः रङ्गिन नै हुन्छ। तर, सिइओ न्यौपानेको हकमा भने ठ्याक्कै उल्टो छ। उनको जीवन वाहिरवाट जति रङ्गिन छ, भित्र हेर्दा त्यति नै कहाली लाग्दो र श्यामस्वेत (ब्ल्याक एण्ड ह्वाईट) छ। 

न्यौपानेको भर्भराउँदो जवानीमा ग्रहरण लाग्ने कारण हो– वैंकको जागिर। एनआईसी एसियामा जागिर खान थालेदेखि उनको जीवन यापन केही असहज भएको छ। न समयमा खान पाईन्छ, न त परिवारस“ङ पर्याप्त समय विताउन पाईन्छ। आफु वसेको संस्थालाई सवैभन्दा राम्रो अवस्थामा पुगेको हेर्न कस्लाई मन नहोला। यही हुटहुटीका कारण न्यौपाने यतिवेला आफनो ब्यक्तिगत समय पनि कार्यालयलाई दिईरहेका छन् ।

जागिरका कारण केही समय परिवारसँग रमाईलो गर्न नपाए पनि केही समय पछि भने यो अवस्था नरहने उनी वताउँछन् । केही समय कार्यालयमा लगाएर देशकै सवैभन्दा ठुलो वैंकका रुपमा एनआईसीलाई स्थापित गर्ने उनको उदेश्य छ। 

तर, यो समस्या सिइओ न्यौपानेको मात्रै होईन, हरेक कर्मचारीको दिनचर्या यसरी नै वितिरहेको छ। उनीहरु वैंकलाई उत्कृष्ठ वनाउन लागि परेका छन् । 

यो पनि

साहुजीका कारण एनआईसी बैंकका सिईओको बैबाहिक जिवन धरापमा

रोशन कुमार न्यौपाने एनआईसी एसिया

विशेष