News

एनसेल कर्मचारीलाई बमले उडाईदिने श्रीवास्तवको धम्की (श्रृंखला– १)

एनसेल कर्मचारीलाई बमले उडाईदिने श्रीवास्तवको धम्की (श्रृंखला– १)

दुर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलमा वेलावखत कर्मचारीले आन्दोलन गर्छन। आन्दोलनको पहिलो प्राथमिक्ताको विषय हुन्छ– तलव सुविधा। अहिले पनि कर्मचारीको तलव सुविधा काटिएको भन्दै कर्मचारीले एनसेल केन्द्रिय कार्यालयमा आन्दोलन गरिरहेका छन् ।

प्रत्येक २÷२ वर्षमा सामुहिक सौदाबाजी अनुसार कर्मचारीको तलब तथा सुबिधा बढाउनुपर्ने, बिनाकारण कर्मचारीहरुलाई जागिरबाट बर्खास्त गर्न नपाईने लगायतका माग राखेर आन्दोलनरत कर्मचारीको माग सुनुवाई भएको छैन।

कर्मचारीको माग सम्वोधन गर्नुको सट्टा कतिपय अवस्थामा म्यानेजमेन्टले कर्मचारी संगठनका अध्यक्षलाई नै धम्कीपूर्ण पत्र लेखेर आन्दोलन मथ्थर पार्ने प्रयास गर्ने गरेको छ। त्यसले माग सम्वोधन हुनु पुर्वनै कर्मचारीको आन्दोलन तुहिने गरेको छ। यस्तै कारणले आफुहरुको आन्दोलन कतिपय अवस्थामा सफल पनि हुन नसकेको कर्मचारीहरु नै वताउँछन् ।

कर्मचारीको आन्दोलन दवाउन प्रमुख रुपमा मानव संसाधन तथा प्रशासन प्रमुख युवराज श्रीवास्तव अगाडि सर्ने गरेका छन् । आफुलाई अमेरिकी गुप्तचर संस्था सिआइए र पाकिस्तानी गुप्तचर संस्था आईएसआईसम्मको एजेन्ट भएको वताउने श्रीवास्तवले कसैलाई सिआईए र कसैलाई आईएसआईको नाममा धम्की दिने गरेको श्रोतले जनाएको छ।

श्रीवास्तवले कर्मचारीहरुलाई भनेजस्तो नगरे र आफुलाई समस्या पर्ने काम गरे ‘बम हानेर उडाईदिने’ धम्की दिने गरेको वताईन्छ। हेर्दै डरलाग्दो तथा सम्पर्क र सम्वन्ध पनि शंकास्पद रहेका कारण कर्मचारीहरु उनीसँग डराउने गरेका छन् ।  

तर, उनी कुनै संगठनको एजेन्ट नभएर ठग भएको वताईन्छ। श्रीवास्तव माथि नेत्र विक्रम चन्दका नेता कार्यकर्तालाई एनसेल टावर उडाउन लगाएर विमा रकम दावी गर्न खप्पिस रहेको आरोप समेत लाग्ने गरेको छ। उनको अधिकांश समय पाँचतारे होटलमा वित्ने गरेको छ। उनले खाने वस्ने र कहिलेकाही त्यही सुत्नेसम्म गर्ने गरेका छन् । होटल एभरेष्टका सञ्चालक मस्कुर महमद लारी स्वयम् पनि ०७४ सालमा लागू औषध मुद्दामा पक्राउ परेका थिए । प्रहरीले उनलाई महाराजगञ्ज स्थित घरबाट नियन्त्रणमा लिएको थियो ।

लागू औषध मुद्धामा अदालतको फरार अभियुक्तको सुचीमा रहेका लारीलाई मोस्ट वान्टेड सुचिमा राखेको थियो । सन १९९७ मा जर्मनीको फ्रयांकफर्ट विमानस्थलमा फेला परेको २ सय ५० केजी चरेस तस्करी प्रकरणमा लारीको संलग्नता खुलेको थियो । जिल्ला अदालत काठमाडौंले २०६८ मा लागु औषध मुद्धामा लारीलाई पक्राउ गरेर उपस्थित गराउन आदेश दिएपछि फरार रहेका उनलाई ६ वर्षपछि प्रहरीले पक्राउ गरेको थियो ।
 

एनसेल युवराज श्रीवास्तव मस्कुर महमद लारी

विशेष