News

पूर्वराजासँग वद्ला लिने कमल थापाको तयारी, वन्दैछ निर्मल निवास निकटको सूची

पूर्वराजासँग वद्ला लिने कमल थापाको तयारी, वन्दैछ निर्मल निवास निकटको सूची

अध्यक्षमा चुनाव हारेको रनाहामा रहेका राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पूर्वराजासँग वद्ला लिने तयारी थालेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वको लागि भएको एकता महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका सहयोगीकै कारण आफु पराजित हुनुपरेको निष्कर्ष निकाल्दै त्यसको वदला लिने तयारी थालेका हुन ।

महाधिवेशन परिणामपछि होटल याक एन्ड यतिमा भएको आफू पक्षीय केही नेताहरुसँगको बैठकमा थापाले पूर्वराजाकै कारण आफु हार्नु परेको निस्कर्ष सुनाएका थिए । आफुलाई हराउन राजाका वरिपरिका कयौँ मान्छेले चलखेल गरेको उनको भनाई थियो ।

उनले विशेष गरी पूर्वराजा ज्ञानेन्द्रको सचिवालयका सदस्यहरू पशुपतिभक्त महर्जन, सागर तिमल्सिना र फणिराज पाठक तथा रामकुमार सुब्बा, टंक ढकाल, राजेन्द्र गुरुङ, दिनेश श्रेष्ठ, दुर्गा श्रेष्ठहले आफुलाई हराउन महत्वपुर्ण रोल गरेको आफु निकट नेताहरुलाई वताएका थिए ।

त्यसपछि थापाले राप्रपाबाट आफुलाई किनारा लगाउन भुमिका खेलेका निर्मल निवास निकटका मानिसहरुको सुची नै तयार गरेको एक नेता वताउँछन् ।

थापाले आफु चुनाव हारेपछि पूर्वराजा शाहलाई बधाई दिएका थिए। थापा पक्षबाट महामन्त्रीमा विजयी कुन्ती शाहीले पनि कमल थापा जस्तो राष्ट्रियताको एजेण्डा बोक्ने व्यक्तित्वलाई पाखा लगाएर ठीक नगरेको बताएकी थिईन।

शाहीले थापाको राजनीतिक करिअर नै ड्यामेज गराउने कोसिस भएको बताइन्। राष्ट्रवादी व्यक्ति जन्मिन धेरै चुनौतीपूर्ण रहेको वताउँदै उनले त्यस्तो व्यक्तित्वलाई मर्न दिनु नहुने वताएकी छिन् ।

शाहीले थापाको व्यक्तित्वमा प्रहार गरेर राप्रपाका मुद्दालाई कमजोर बनाउन विभिन्न लान्छना लगाइएको पनि बताइन्।

थापा निकट एक नेताका अनुसार अब थापा समूहले राजाको एजेन्डा छाडेर हिन्दु राष्ट्रको एजेन्डा मात्रै लिएर नयाँ दल खोल्यो तयारी समेत सुरु गरेको छ। 
 

कमल थापा पूर्वराजा ज्ञानेन्द्र शाह

विशेष