News

एनसेल आतंकः समाचार हटाउन दलाल मार्फत लगातार धम्की (श्रृंखला– ३)

एनसेल आतंकः समाचार हटाउन दलाल मार्फत लगातार धम्की (श्रृंखला– ३)

नेपाल आजमा प्रकाशित समाचारका विषयमा एनसेलका कर्मचारीले नेपाल आजलाई दवाव दिने क्रममा जारी छ। समाचार नहटाए जे पनि हुन सक्ने धम्की समेत दिईएको छ। 

मंगलवार प्रकाशित पहिलो समाचारका विषयमा एनसेलका कर्मचारीले नै फोन गरेर हटाउन दवाव दिएका थिए । समाचार नहटाए ठिक पार्ने धम्की दिएपछि आज पुनः अर्को समाचार प्रकाशित भएपछि तेस्रो ब्यक्ति प्रयोग गरेर दुवै समाचार हटाउन दवाव दिन थालिएको छ।

समाचारमा तलव सुविधका विषयमा कर्मचारीले एनसेल कार्यालयमा आन्दोलन गरेको र उनीहरुलाई अमेरिकी र पाकिस्तानी गुप्तचर संस्थाको नाम लिएर धम्की दिने गरेको उल्लेख छ। 

एनसेलका कर्मचारीहरुले नेपाल आजका सञ्चालक माधव गुरागाईलाई फोन गरेर धम्की दिने गरेका छन् । 

यो पनि

आन्दोलनको समाचार हटाउन एनसेल कर्मचारीको दवाव, नहटाए ठिक पार्ने धम्की

एनसेल कर्मचारीलाई बमले उडाईदिने श्रीवास्तवको धम्की
 

एनसेल ठिक पार्ने धम्की

विशेष