News

प्रियंकाले चोरिन चप्पल !

प्रियंकाले चोरिन चप्पल !

नेपाली सिने जगतकी चर्चित नायिका प्रियंका कार्कीले चप्पल चोरेकी छिन् । चलचित्रको सुटिङ्ग तथा कार्यक्रममा गएको वखत उनले वसेको होटलवाटै चप्पल चोरी गरेकी हुन ।

प्रियंका कार्की अफिसियल नामको टिकटक एकाण्टमा कार्की स्वयमले चप्पल चोरको खुलासा गरेकी हुन । भिडियोमा उनले होटलको वाथरुपमा हुने सेम्पुलगायतका सामान र वेडरुपमा राखेका चप्पल चोरेको स्विकार गरेकी छिन् ।

आफुले ब्यक्तिगत प्रयोगका लागि भन्दा पनि सम्झनाका लागि त्यस्ता सामान चोरी गर्ने गरेको उनले वताएकी छिन् । होटलको नाम हुने र हेर्दै क्युट देखिने भएकाले आफुले चप्पल, सेम्पु लगायतका सामान चोर्ने गरेको कार्कीको भनाई छ।

२० भण्टाअघि अपलोड गरिएको कार्कीको उक्त भिडियोमा ११९ लाईक, १० कमेन्ट र १८ शेयर भएको छ। 

कार्की नेपाली चलचित्र क्षेत्रकी एक चर्चित मोडल तथा अभिनेत्री हुन् । नेपाली युवा पुस्ताले प्रियंका कार्कीलाई सेक्स सिम्बोलका रुपमा लिन्छन् । एकपटक ‘डाइनिङ टेबुलमा सेक्स गर्दा मज्जा आउँछ’ भन्ने उनको अन्तर्वार्ता निकै चर्चित र विवादास्पद पनि बनेको थियो । 

सन् २००५ मा ‘मिस टिन’ नेपालको उपाधि जितेपछि नायिका कार्कीको चर्चा आएकी थिईन। सेक्सी लुक र आकर्षक नृत्यका कारण कार्कीको चर्चा हुने गरेको छ। 

गर्भवती भएपछि प्रियंकाले आफ्नो गर्भावस्थालाई लिएर सामाजिक संजालमा बेबी बम्प, बेबी सावर लगायतका तस्विर सार्वजनिक गरेकी थिइन् । उनका यी तस्विरलाई लिएर सामाजिक संजालमा निकै चर्चा भएको थियो ।
 

प्रियंका कार्की चप्पल चोरी

विशेष