News

हेलिकप्टर दुर्घटनामा परेका भारतीय रक्षा प्रमुख रावत सिकिस्त, ११ जनाको मृत्यु

हेलिकप्टर दुर्घटनामा परेका भारतीय रक्षा प्रमुख रावत सिकिस्त, ११ जनाको मृत्यु

हेलिकप्टर दुर्घटनामा परेका भारतीय रक्षा प्रमुख विपिन रावत सिकिस्त अवस्थामा फेला परेका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ।

दुर्घटनाको करिब एक घण्टापछि रावतलाई वेलिङ्टनको सैनिक अस्पतालमा लगिएको हो। उनको अवस्था चिन्ताजनक छ। यसबारेमा भारतीय सेनाले कुनै आधिकारिक जानकारी दिएको छैन।

जनरल रावत भारतका पहिलो रक्षा प्रमुख हुन्। उनले १ जनवरी २०२० मा यो पद सम्हालेका थिए। उनी ३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१९ सम्म सेना प्रमुख थिए। 

तमिलनाडूको कुन्नूरस्थित जंगलमा बुधवार दिउँसो हेलिकोप्टर दुर्घटनामा भएको थियो । भारतीय सेनाको एमआई–१७भी ५ हेलिकोप्टर बुधबार दुर्घटनामा परेको थियो। घना जंगलमा भएको दुर्घटनापछि हेलिकप्टरमा आगो लागेको थियो। 

हेलिकप्टरमा भारतीय रक्षा प्रमुख जनरल विपिन रावत, उनकी पत्नी मधुलिकासहित १४ जना सैन्य अधिकारी सवार थिए । दुर्घटनामा ११ जनाको जलिसकेको शव भेटिएका छन्। 
 

विपिन रावत भारतीय रक्षा प्रमुख

विशेष