News

हेलिकप्टर दुर्घटनामा भारतीय रक्षा प्रमुख रावतसहित १३ जनाको मृत्यु

हेलिकप्टर दुर्घटनामा भारतीय रक्षा प्रमुख रावतसहित १३ जनाको मृत्यु

हेलिकप्टर दुर्घटनामा परेका भारतीय रक्षा प्रमुख विपिन रावतसहित १३ जनाको मृत्यु भएको छ। हलिकप्टरमा १४ जना सवार थिए ।

भारतीय वायु सेनाले तमिलनाडूको कुन्नुर नजिकै भएको हेलिकोप्टर दुर्घटनामा रावतको मृत्यु भएको जानकारी दिएको छ । रावतसहित उनकी पत्नि मधुलिका र थप ११ जनाको निधन भएको छ ।

रावत सवार भारतीय सेनाको एमआई–१७भी ५ हेलिकोप्टर बुधबार दिउँसो कुन्नूरस्थित निलगिरीमा दुर्घटनाग्रस्त भएको थियो । रावत भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ हुन् । उनले १ जनवरी २०२० मा यो पद सम्हालेका थिए। उनी ३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१९ सम्म सेना प्रमुख थिए। 

यसअघि उनी भारतीय स्थल सेनाध्याक्ष रहेका थिए । उत्तराखण्डको गडवालमा सन् १९५८ मार्च १६ मा जन्मिएका रावत सन् १९७८ मा ११ गोर्खा राइफल्समा भर्ना भएका थिए ।  भारतीय सञ्चारमाध्यमका अनुसार यसअघि ३ फेव्रुअरी २०१५ मा पनि उनी हेलिकोप्टर दुर्घटनामा परेका थिए।

त्यसबेला उनी सवार हेलिकोप्टर नागाल्यान्डको डिमापुरमा दुर्घटनाग्रस्त भएको थियो। विपिन रावत त्यतिबेला लेफ्टिनेन्ट जनरल थिए।

भारतीय उच्च सैनिक अधिकारी चढेको विमान निकै वर्षपछि दुर्घटनामा परेको भारतीय संचारमाध्यमले जनाएका छन्। सन् १९९३ मा भारतीय सेनाका वरिष्ठ अधिकारी चढेको जहाज भुटानमा दुर्घटनाग्रस्त हुँदा आठ जनाको ज्यान गएको थियो।
 

विपिन रावत भारतीय रक्षा प्रमुख

विशेष