News

कमल थापा हार्नुका ४ कारणः गाई वेचेको ५७ करोडदेखी निर्मल निवाससम्म

कमल थापा हार्नुका ४ कारणः गाई वेचेको ५७ करोडदेखी निर्मल निवाससम्म

राप्रपाको नेतृत्व गरेका कमल थापा एकता महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग चुनाव हारे। तर, उनले जितको शुभकामना भने पूर्वराजालाई दिए । उनको सिधा आरोप छ– पूर्वराजा ज्ञानेन्द्र शाह र उनको टिम मिलेर मलाई अध्यक्षमा हराए ।

उनले अध्यक्षमा हार्ने वित्तिकै समाजिक सञ्जालमा लेखे– ‘मैले राहत र उन्मुक्ति पाएको छु। सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो। सो एजेण्डाको मुल संवाहकलाई राजनीतिक रुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ–कामना।’

पूर्वअध्यक्ष थापाले आफनो हारको सम्पूर्ण दोस पूर्व राजालाई दिए पनि वास्तविक्ता भने त्यस्तो छैन। थापा अध्यक्षमा हार्नुमा उनी आफै जिम्मेवार छन् । उनको ब्यवहार, पद र पैसाको लत, पार्टीका नेताहरुको वेवास्ता लगायतका थुप्रै पक्षले उनको हारमा भुमिका खेलेका छन् । त्यस मध्येमा पनि चार वटा कारण प्रमूख छन् ।

पूर्वराजाको पाटो
थापाले आफु हार्नुको दोस पूर्वराजालाई दिएपछि धेरैलाई लागेको हुन सक्छ– ज्ञानेन्द्रले साँच्चै भुमिका खेलेकी ? अहिलेसम्म राजसंस्थाको विषयलाई मुद्दा वनाएर राजाकै कुरा गर्दै आएका कमलाई थापालाई हराउन निर्मल निवास किन लाग्यो ? भन्नेमा पनि सर्वत्र चासो छ। खासमा कमल थापा र पूर्वराजाका विचमा सुरु भएको खटपटी नयाँ भने होईन, यो समस्या ०७२ सालदेखि नै सुरु भएको हो । संविधान जारी हुँदैदेखि उनिहरुका विचमा खटपट छ।

स्रोतका अनुसार त्यसबेला ज्ञानेन्द्रले संविधान जारी गर्ने प्रक्रियामा सहभागी नहुन थापालाई आग्रह गरेका थिए। तर, उनले ज्ञानेन्द्रको कुरामा वास्ता नगरी संविधानको अन्तिम मस्यौदामा हस्ताक्षर गरे। यति मात्र होईन, हिन्दु राष्ट्र र राजसंस्था वाहेक प्रजातान्त्रिक प्रक्रिया तथा समावेशीकरणका हिसाबले नेपालको संविधान विश्वकै उत्कृष्ट भएको जिकिर गर्दै आए।

संविधानको पक्षमा थापा सक्रिय भएकोमा पूर्वराजा र उनको समूह असन्तुष्ट थियो। त्यसपछि पूर्वराजाले असहयोग गर्दै आएको थापा समूहको आरोप छ। त्यसपछि गठित केपी शर्मा ओली नेतृत्वको सरकारमा थापा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीका रुपमा सहभागी भए।

त्यसपछि प्रचण्ड र शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि उनी सहभागी भए, जसका कारण पार्टीभित्र फुट मात्र आएन, निर्वाचनमा राप्रपा करिब करिब सोत्तर भयो। यसको मौका महामन्त्री राजेन्द्र लिङ्देन र नेपालगञ्जका मेयर एवं नेता धवल शमशेर राणाले उठाए ।

महाधिवेशनमा दोस्रो पुस्ताका तर्फबाट थापालाई टक्कर दिने योजना शुरुमा लिङ्देनको थिएन। अध्यक्षमा उम्मेदवारी दिने योजना थियो राणाको थियो। राणाले लिङ्देन लगायतलाई थापा विरोधी मोर्चामा एक गर्दै गए । शुरुमा लिङ्देन र राणाको प्रयासलाई विक्रम पाण्डे, जयन्त चन्दले पनि साथ दिए । तर, चन्द र पाण्डेले अन्तिममा साथ दिएनन्। चन्द थापा पक्षमा लागे भने पाण्डे थापा र लिङ्देन दुबैतिर ठिक्क भए।

अन्तिम समयमा राणाले लिङ्देनलाई नै अध्यक्षका लागि तयार पारे। तीन दशकभन्दा बढी समयदेखि नेतृत्व गर्दै आएका र पार्टी स्थापनादेखि पदाधिकारी रहँदै आएका अध्यक्ष त्रय थापा, राणा र लोहनीबाट अब पाँच वर्षमा चमत्कार नहुने भन्दै लिङ्देनले कार्यकर्तालाई आफ्नो औचित्य बुझाउन खोजे। 

स्रोतका अनुसार निवर्तमान पूर्व अध्यक्ष कमल थापा र लिङ्देन दुवैले पूर्वराजालाई भेटे। पूर्वराजा ज्ञानेन्द्रले दुवै पक्षलाई अगाडि वढ्न सहमति त दिए तर, सहयोग भने लिङ्देनलाई गरेको वताईन्छ। थापा निकट नेताहरुका अनुसार पूर्वराजाका सहयोगीहरु पशुपतिभक्त महर्जन, सागर तिमल्सिना, डा. फणीराज पाठकले आन्तरिकरुपमा लिङ्देनका पक्षमा भूमिका निर्वाह गरेका थिए।


गाईले जितेको २५ सिट २५ करोडमा विक्रि
थापाले दोस्रो संविधान सभा निर्वाचनमा हिन्दूराष्ट्र र राजसंस्थाको मुद्धा बो। ‘एक भोट दाईलाई, एक भोट गाईलाई’ भन्दै भोट मागेका थापाले सोही गाईले जितेको २५ सिट जनमतको कदर भने गरेनन् । धर्म रक्षा गर्ने जिम्मा स्वरूप जनताले दिएको २५ सिटको दुरुपयोग भयो । उनले प्रति एक सिट १ करोड रुपैयाँमा लिलामी गरेको आरोप लाग्यो ।

संविधान सभाबाट संविधान अनुमोदन हुन नदिन मधेशवादी दलले बहिस्कार गर्दा राप्रपाका २५ जना सांसदले ले लुरूलुरू संविधानमा ल्याप्चे लगाए । यति मात्रै होईन, राष्ट्रसंघको जेनेभा कार्यालयमा विश्वकै उत्कृष्ट संविधानको भन्दै उनले गणतान्त्रीक संविधानको भजन गाए । २५ सिटको उन्मादपछि ‘राजा राजाभन्दै हिँड्ने हामी भजन मण्डली हौँ र ? हामीले राजसंस्था भनेका हौँ पूर्व राजा भनेका हैनौँ’ भन्दै हिडे।

हिन्दूराष्ट्र र राजसंस्थाको एजेण्डा बोकेर ३ कार्यकाल उपप्रधानमन्त्री बन्दै जाँदा अन्ततः थापाको पार्टी ०७४ सालको निर्वाचनमा २५ बाट १ मा पुग्यो । यसले पनि थापा विरोधीहरुलाई पार्टीमा गोलवन्द हुन मद्दत गरेको र अन्ततः उनी चुनावमा पराजित भएको नेताहरु वताउँछन् ।

युरोपियन युनियन र चर्चवाट ल्याएको ३२ करोड झ्वाम
राप्रपा अध्यक्ष थापाले ०७२ सालको संविधान जारी गर्नुपुर्व धर्म निरपेक्ष संविधान वनाउने प्रकृयामा सहयोग गर्ने सर्तमा युरोपियन युनियनसँग ३२ करोड रुपैयाँ लिएको चर्चा छ। उनले आफना २५ जना सभाषदलाई देखाएर उक्त पैसा कुम्ल्याए । तर, त्यो पैसा कसैले देख्न पाएनन् ।

उनले सम्पुर्ण रकम ब्यक्तिगत प्रयोजनमा खर्च गरेपछि राप्रपाजन उनीसित वेखुस थिए । तर, विकल्प तयार नहुँदा उनी विरुद्ध वोल्न नसकेका उनीहरुले राजेन्द्र लिङ्देन जस्तो विकल्प तयार हुनासाथ त्यसको वद्ला लिएको स्रोतको दावी छ। ‘यहाँ राजा र अन्य विभिन्न पक्षलाई दोसारोपण गरिदैछ’ राप्रपाका एक नेता भन्छन्–‘तर, विषय त्यस्तो होईन। युरोपियन युनियनको पैसामा हाम्रो भाग खै ? भन्दै सभाषदहरुले सोधेको प्रश्नको उत्तर दिन नसक्दा थापा अध्यक्षमा पाहा पछारिए झै पछारिए ।’

सुष्मा स्वराजलाई धोका 
कमल थापाले नेपाल र भारतका हिन्दुहरु र तत्कालिन भारतिय पूर्वविदेश मन्त्री सुस्मा स्वराज समेतलाई धोका दिएको स्रोतको दावी छ। उनले संविधान वन्नु पूर्व हिन्दु र हिन्दुत्वको नाममा भारतिय धर्मगुरुहरुसँग ठुलो रकम संकलन गरे । तर, उनीहरुसँग गरेको सर्त पुरा गर्न नसकेपछि थापा ‘ढाँट नेता’ का रुपमा परिचित भए।

अर्कोतर्फ सुस्मा स्वराजसँग पनि रकम लिएर ‘हिन्दु राष्ट्रको पक्षमा लविङ्ग गर्ने’ वाचा गरे पनि त्यस अनुसार गतिविधि नगरेपछि भारतीय पक्षले पनि उनलाई साथ नदिएको नेताहरु नै वताउँछन् । उनले भारतका मात्र होईन नेपाली हिन्दु धर्मावलम्वीहरुलाई समेत पटक पटक धोका दिएको उनीहरुको भनाई छ।
 

कमल थापा राप्रपा ज्ञानेन्द्र शाह सुष्मा स्वराज

विशेष