News

भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकोप्टर दुर्घटना, रावतको अवस्था अज्ञात

भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकोप्टर दुर्घटना, रावतको अवस्था अज्ञात

भारतीय सेना प्रमुख विपिन रावत सवार एमआई–१७ हेलिकोप्टर दुर्घटनामा परेको छ। 

वुधवार दिउँसो दक्षिणी तमिलनाडुको कुन्नुरमा उक्त हेलिकप्टर दुर्घटना भएको हो। १४ जना सवार उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। 

हेलिकोप्टरमा सेनापति रावतसहित सेनाका केही जवान र उनका परिवारका सदस्य पनि सवार थिए। भारतीय सञ्चारमाध्यम दैनिक भाष्करले दुर्घटनास्थलमा चारजनाको शव भेटिएको जनाएको छ। घाइते भएका सैन्य अधिकारीलाई उद्धार गरी अस्पताल लगिएको छ।

भारतीय वायु सेनाले पनि दुर्घटनाग्रस्त हेलिकोप्टरमा जनरल रावत रहेको पुष्टि गरेको छ। रावतको अवस्थाबारे अझैसम्म प्रष्ट भएको छैन। दुर्घटनाको कारण अझै खुलेको छैन।
 

भारतीय सेना प्रमुख

विशेष