News

आन्दोलनको समाचार हटाउन एनसेल कर्मचारीको दवाव, नहटाए ठिक पार्ने धम्की (श्रृंखला– २)

आन्दोलनको समाचार हटाउन एनसेल कर्मचारीको दवाव, नहटाए ठिक पार्ने धम्की (श्रृंखला– २)

दुर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलका कर्मचारीले नेपाल आजका सञ्चालक माधव गुरागाईँलाई धम्की दिएका छन् । एनसेल केन्द्रिय कार्यालयमा कर्मचारीले सुरु गरेको आन्दोलनका विषयमा समाचार लेखेको भन्दै गुरागाईलाई धम्की दिईएको हो ।

सहायक स्तरका एक कर्मचारीले एनसेल नम्वरवाट फोन गर्दै समाचार हटाउँन दवाव दिएका थिए । सञ्चालक गुरागाईले समाचारका विषयमा आफुलाई जानकारी नभएको र प्रकाशित भएको समाचार हटाउन नमिल्ने भन्दै एनसेलका तर्फवाट प्रतिक्रिया आए समाचार वनाई दिने वताएपछि उनले ठिक पार्ने चेतावी दिएका छन् ।

उनले समाचार नहटाए ब्यक्तिगत रुपमै अगाडि वढ्ने र ठिक पार्ने चेतावनी दिएको गुरागाईँले वताए । नेपाल आजले मंगलवार ‘एनसेल कर्मचारीलाई बमले उडाईदिने श्रीवास्तवको धम्की’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो ।

समाचारमा प्रत्येक २÷२ वर्षमा सामुहिक सौदाबाजी अनुसार कर्मचारीको तलब तथा सुबिधा बढाउनुपर्ने, बिनाकारण कर्मचारीहरुलाई जागिरबाट बर्खास्त गर्न नपाईने लगायतका माग राखेर आन्दोलनरत कर्मचारीको माग सुनुवाई नभएको उल्लेख थियो।

आन्दोलनरत कर्मचारीहरुका अनुसार एनसेलले कर्मचारीको माग सम्वोधन नगर्ने वरु कर्मचारी संगठनका अध्यक्षलाई नै धम्कीपूर्ण पत्र लेखेर आन्दोलन मथ्थर पार्ने प्रयास गर्ने गरेको छ। 

एनसेलको मानव संसाधन तथा प्रशासन प्रमुख युवराज श्रीवास्तवले आन्दोलनरत कर्मचारीलाई ‘बलमे उडाई दिने’ धम्की समेत दिने गरेका छन् । कसैलाई अमेरिकी गुप्तचर संस्था सिआइए र कसैलाई पाकिस्तानी गुप्तचर संस्था आईएसआईको नाममा बलमे उडाईदिन्छु भन्दै धम्क्याउने गरेको एक कर्मचारी वताउँछन् ।

स्रोतका अनुसार श्रीवास्तव पाकिस्तानी नागरिक हुन । उनको ब्यवहार र सम्पर्कका ब्यक्ति हेर्दा उनी वास्तवमै शंकास्पद ब्यक्ति भएको स्रोतको दावी छ।
धम्कीका भरमा कर्मचारीहरुको श्रम शोषण गर्ने र मालिकलाई खुसी पार्ने काममा श्रीवास्तव लागेपछि आफुहरु समस्यामा परेको कर्मचारीहरुको गुनासो छ। श्रीवास्तवले नेत्र विक्रम चन्दको पार्टी भुमिगत हुँदा उक्त पार्टीका नेता÷कार्यकर्तालाई एनसेल टावरमा बम पड्काउन लगाएर विमा रकम दावी गरेको आरोप समेत लाग्ने गरेको छ।

एनसेल ठिक पार्ने धम्की

विशेष