News

महाधिवेशन गर्दै गरेको कांग्रेसको खातामा कति छ मौज्दात ?

महाधिवेशन गर्दै गरेको कांग्रेसको खातामा कति छ मौज्दात ?

महाधिवेशनको पुर्वसन्ध्यामा रहेको नेपाली काँग्रेससँग खातामा जम्मा १० करोड रुपैयाँ मौज्दात छ।

महाधिवेशनको पूर्वसन्ध्यामा बसेको केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन अनुसार १० करोड रुपैयाँ मौज्दात देखिएको हो ।

कोषाध्यक्ष सीतादेवी यादवले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनले सो मौज्दात देखाएको पार्टीका एक केन्द्रिय सदस्यले वताए । उक्त प्रतिवेदन कन्द्रीय समिति वैठकले पारित भएको छ।

यसैगरी, महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र उपसभापति विमलेन्द्र निधि संयोजक रहेको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रस्तुत गरेको प्रतिवेदन पनि पारित भएको ति नेताले वताए ।

बैठकले पारित गरेका सबै प्रतिवेदन महाधिवेशनको बन्दसत्रमा छलफलका लागि प्रस्तुत हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

महासमितिले परिमार्जन गरेको विधानलाई पनि केन्द्रीय समिति बैठकले अनुमोदन गरेको छ । 

नेपाली काँग्रेस

विशेष