News

एनसेलका कारण संवेदनशिल सूचना विदेशीको हातमा ! (श्रृंखला– ५)

एनसेलका कारण संवेदनशिल सूचना विदेशीको हातमा ! (श्रृंखला– ५)

दुरसञ्चार सेवा प्रदायक कम्पनी ‘एनसेल’मा कर्मचारी–कर्मचारीकै विचमा विभेद र नेपाली कर्मचारीमाथि श्रम शोषण हुने गरेको गुनासो वढेको छ। 

तलव सुविधा वृद्धिको माग गर्दै कर्मचारीहरु आन्दोलनमा लागेपछि यो तथ्य वाहिरिएको हो । एनसेलले ठुला पदका लागि ठुलो रकम खर्च गरेर विदेशी नागरिक भित्र्याउने गरेको छ भने तल्लो तहका लागि मात्रै नेपाली कर्मचारी खोज्ने गरेको छ।

कम्पनीको सिइओ मलेसियका छन् भने एचआर म्यानेजर भारतिय नागरिक हुन्। यसैगरी, अन्य वरिष्ठ अधिकारीहरुमा समेत महंगो तलव दिएर विदेशी नागरिक नियुक्त गरिएको छ। तर, त्यसभन्दा तल्लो तहका नेपाली कर्मचारीलाई भने कम्पनीले श्रम शोषण गर्ने गरेको स्वयम् कर्मचारीहरु वताउँछन् ।

कम्पनीको यहि विभेद विरुद्ध विगत ६ महिना अघिदेखि एनसेलका झण्डै साढे ४ सय कर्मचारी आन्दोलनमा छन् । नेपाली कर्मचारीहरु माथि भईरहेको विभेद अन्त्यका लागि प्रत्येक २/२ वर्षमा सामुहिक सौदाबाजी अनुसार कर्मचारीको तलब तथा सुबिधा बढाउने सहमति पनि कंपनीले कार्यान्वयन नगरेपछि आन्दोलनमा जानु परेको कर्मचारीहरु वताउँछन् ।

त्यति मात्रै होईन, भारतवाट आएर एनसेलमा मानव संसाधन तथा प्रशासन प्रमुखको रुपमा काम गरिरहेका युवराज श्रीवास्तवको सनकको भरमा कतिपय कर्मचारीले जागिरवाट हात धुनु परेको गुनासो पनि कर्मचारीहरुले गरेका छन् ।

विदेशी कर्मचारीले नेपाली कर्मचारीहरुलाई हेप्ने, ब्यवहार फरक गर्ने र लेवर कुल्ली सरह गालिगलौज गर्ने गरेका छन् । तलव र सेवा सुविधामा गरिएको विभेद र शोषणकै कारण विदेशीले नेपालीलाई हेप्ने र खिसी गर्ने गरेको कर्मचारीको गुनासो छ।

‘उनिहरुलाई गाडिसहितको पर्याप्त सेवा सुविधा दिईएको छ, तर नेपाली कर्मचारी भन्नासाथ तलव मात्रैमा पनि वार्गेनिङ्ग गर्ने चलन छ’ आन्दोलनरत एक कर्मचारी भन्छन्–‘सरर्रर्र गाडिमा आउने कर्मचारी र पैदल हिडेर गेट छिर्ने कम्पनीमा फरक त हुने नै भयो।’

एकै योग्यता र क्षमताका विदेशी र नेपाली कर्मचारीमा पनि सेवा सुविधामा फरक गर्ने गरिएको उनीहरुको गुनासो छ। ‘एकै तह र -यांकमा भएका विदेशी कर्मचारी र नेपाली कर्मचारीमा समेत तलव र सेवा सुविधामा विभेद छ’ कर्मचारी भन्छन्–‘त्यसमाथि नेपाली नागरिक योग्य हुँदाहुँदै विदेशी नागरिक ल्याएर नेपाली कर्मचारीको मालिक वनाइएको छ।’ 

‘एनसेल चलाउन सक्ने पर्याप्त जनशक्ति नेपालमा छ, नेपाली कर्मचारीले गर्न नसक्ने कुनै काम छैन’ उनीहरु भन्छन्–‘एनसेलले नेपाल र नेपाली माथि अन्याय गरिरहेको छ। तर, यस विषयमा कसैले वास्ता गर्दैन।’

एनसेलका विदेशी कर्मचारीहरुका कारण नेपालमा सुरक्षा खतरा समेत वढिरहेको कर्मचारीहरुको भनाई छ। भारतीय नागरिक युवराज श्रीबास्तवले नेपालका संवेदनसिल सूचनाहरु बिदेसी गुप्तचर संस्थालाई वेच्ने गरेको उनिहरुको आशंका छन् ।

श्रीवास्तव स्वयमले पनि आफु अमेरिकी गुप्तचर संस्था सिआइए र पाकिस्तानी गुप्तचर संस्था आईएसआईको एजेन्ट भएको वताउने गरेका छन् । श्रीवास्तवले केही कर्मचारीलाई वमले उडाउले धम्की समेत दिएको वताईन्छ।

यो पनि

एनसेलका कर्मचारीको आन्दोलनमा श्रीवास्तवका भिजिलान्ते ! (श्रृंखला– ४)

एनसेल युवराज श्रीवास्तव

विशेष