News

अन्तरवार्ताबाट किन उठेर हिड्छन कमल थापा ?

अन्तरवार्ताबाट किन उठेर हिड्छन कमल थापा ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व अध्यक्ष कमल थापा नम्र स्वभावका मानिन्छन् । तर, सो पार्टीका अन्य नेताहरुका अनुसार उनी वाहिर जती नम्र र भलाद्मी देखिन्छन्, पार्टी भित्र त्यति नै निरंकुश र कठोर छन् । आफु अध्यक्ष हुँदा कसैको कुरा नसुन्ने र जसो मन लाग्यो उसै गर्ने प्रवृत्तिकै कारण राप्रपाको एकता महाधिवेशनवाट उनलाई नेता कार्यकर्ताले धुलो चटाएको चर्चा हुन थालेको छ।

हुन त पूर्व अध्यक्ष थापाले वेला वखत आफनो असली चरित्र नदेखाएका भने होईनन् । जति नै लुकाउन खोजेपनि आवेशमा आउँदा उनको सन्की चरित्र जनताका अगाडि आएका कयौं उदाहरण छन् । 

उनी कयौं पटक टेलिभिजन कार्यक्रममा अतिथी भएर जाने अनि पत्रकारको प्रश्नको उत्तर दिन नसकेपछि उठेर हिड्ने गरेका छन् । ०७६ चैत ५ गते न्युज २४ टेलिभिजनको कार्यक्रम ‘टू दि पोइन्ट’ मा पत्रकार राजु थापाले सोधेका प्रश्नको उत्तर दिन नसक्दा स्टुडियो छोडेर हिडे। २० मिनेट सम्म सरल तथा सहज उत्तर दिएका नेता थापा राज संस्था र हिन्दू राज्यको बारेमा प्रश्न गर्दा भने एका एक आक्रोशित बने ।

‘तपाईहरुले भने बमोजिमको सविंधान बन्यो भने व्यवहारमा के परिवर्तन हुन्छ ? जनताले के पाउछन? तपाईहरुले के दिनुहुन्छ?’ भन्ने पत्रकारको प्रश्नमा कमल थापाले भने–‘अहिलेको संविधानमा जहाँ धर्म निरपेक्षता भनेर लेखिएको छ त्यो स्थानमा पूर्ण धार्मिक स्वतन्त्रता’सहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र नेपाल लेखीनेछ ।

यो लेखिएपछि सबै धर्मलाई बराबरीको स्वतंत्रता र समानता प्राप्त हुनेछ । नेपालको राष्ट्रिय पहिचानलाई जोगाउने राष्ट्रको जिम्मेवारी हुन्छ । अर्थात् अहिले जस्तो जुन किसिमबाट स्वच्छन्द रुपमा धर्म परिवर्तन गराउने, परम्परागत धर्म र संकृति माथि आक्रमण गर्ने कार्यहरू कानुनतः निषेधित हुनेछन् ।

साथ साथै आगामी दिनमा राज्य र समाज व्यवस्थाको सञ्चालनको निमित्त हामीले परम्परागत मूल्य मान्यतालाई प्रमुख आधारको रुपमा लिएर जानुपर्ने हुन्छ ।’

यही व्यवस्था नभएर हो त हिन्दू धर्ममा स्खलन आएको ? प्रगतिको बाटो छेकिएको भन्ने प्रश्नमा थापाले भने–‘केही दिन अघि सप्तरीमा ५० हजार बढी मुस्लिम भेला भएर एउटा भेलाको आयोजना गरियो । भेला गर्न पाइन्छ त्यसमा मेरो आपत्ति छैन, तर त्यो कसरी त्यत्रो भेला हुन सक्यो ?

काठमाडौमा २३ वर्ष अघि मात्रै प्रत्येक शुक्रबार ५ साय जति मानिस मस्जिदमा भेला हुन्थे । आज १० हजार मानिस कहाँबाट आइरहेको छ ? नेपालमा गाउँ गाउँ मा हाम्रो पुरानो धर्म संस्कृति नष्ट गर्दै विदेशी धर्म संस्कृति हरु स्थापित हुँदै छ ।

नेपालमा मन्दिर भन्दा चर्च धेरै हुन लाग्दैछन् । यसले हाम्रो समाजको मानसिकतालाई जुन किसिमको प्रभाव पार्दछ, यसले हाम्रो राष्ट्रिय हित र सुरक्षालाई खतरामा पार्छ ।’

यदि तपाईंले भने जस्तो भयो भने मुस्लिमले गरेको भेला, क्रिश्चियनले गरेको भेला, चर्च खोल्ने अथवा अरु धार्मिक गतिविधि रोक्नु हुन्छ? भन्ने पत्रकारको प्रश्नमा नेता थापा अलि आक्रोशित भए र त्यसपछि उनले प्रश्नको जवाफ दिन मानेनन् र कार्यक्रम बन्द गर्नुपर्ने अवस्था आयो।

उनले कार्यक्रम छोडेनन् मात्रै, पत्रकारलाई पूर्वाग्रही पूर्ण प्रश्न गरेको र भ्रम सिर्जना गर्न खोजेको भन्दै आरोप लगाए । यति मात्रै होईन, हिन्दु राष्ट्र र राजशंस्थाको मुद्दा वोकेर हिडेका उनले जव–जव प्रश्नको जवाफ दिन नसक्ने अवस्था आयो, तव–तव कार्यक्रम छोडेर हिडे। राजु थापावाहेक ऋषी धमला र पंकज दाहालसँगको अन्तर्वाता पनि विचमै छोडेर हिडेका छन्–थापा।

त्यसपछि भने प्रश्तोताहरुले उनलाई अतिथीको रुपमा वोलाउँदा पहिला नै सर्त राख्न थाले। प्रश्तोता नारायण पौडेल भन्छन्– ‘कमल थापाजी बाहिर हेर्दा शालिन देखिएपनि अन्तर्यमा तरंगित भैरहने व्यक्ति हुन । ज्ञानेन्द्र शाह र हिमानी शाहका फेक आईडीलाई ह्यसट्याग गरी उनले पूर्वराजपरिवारप्रति देखाएको आक्रोश उनको ब्यक्तित्वको पछिल्लो उदाहरण हो । गृह, सूचना र परराष्ट्र मन्त्री भैसकेको व्यक्तिले बेपहिचानको सामाजिक अकाउन्टमा धाराबाहिकरूपमा आबेश पोख्नु शोभनीय होइन । त्यसो त उनको तरंगित हुने स्वभाबबारे संचारकर्ममा रहेकालाई नयाँ होइन !’
थापाजीको पारो सजिलै कति माथि चढछ भन्ने कुरा सहकर्मीबाट थाहा भैसकेको थियो । अतिथिका रूपमा मैले उनलाई निम्ताएपछि प्रमुख कार्यक्रम निर्माता नारायण पुरीले कार्यक्रमका दौरान निम्तिनसक्ने घटनाबारे स्मरण गराएका थिए । एउटै टेलिभिजनमा तेस्रो पटक त्यसो होलाकी भन्ने संशय उनमा थियो ।

मैले कार्यक्रम शुरू हुनुपूर्वको वार्मअप गफगाफमा अनायशै भनिदिएँ–आशा छ तपाईंले ह्याट्रिक गर्नु हुने छैन । फूटबलका खेलाडी उनले ह्यट्रिक शब्दप्रति चाख दर्शाए । प्रशंग बुझ्न चाहे । मैले उनले २ ओटा अन्तरबार्ता बिचैमा छाडेर हिंडेको र यसपाली त्यसो नहोस भन्ने आफ्नो चाहाना रहेको जनाए ।’

पौडेलका अनुसार आफुलाई राष्ट्रवादी भन्न रुचाउने थापा आफैले राष्ट्रघात गरेको समेत स्विकारे र त्यसलाई सच्याउने पनि वताए । तर, ३÷४ पटक मन्त्री हुँदा पनि उनले त्यस विषयमा चासो देखाएनन् । उनी भन्छन्–‘ कमल थापाजी समयले भेट गराउला । म फेरी सोधुँला– राष्ट्रघात किन सच्चिएन ?

खासमा कमल थापा आफै तरंगित ब्यक्ति भएकाले यो अवस्था आउने गरेको जानकाहरु वताउँछ। उनीहरु भन्छन्–‘हिन्दु राष्ट्र र राजसंस्थाको कुरा गरे पनि गणतान्त्रीक संविधान अन्तर्गत मन्त्री हुन र धर्म निरपेक्षतामा रमाउँन उनी वानी परेका छन्। दुई वटा डुङ्गामा खुट्टा राख्ने मान्छे एक न एक दिन डुब्छ नै, थापा पनि डुवे।’

दोस्रो संविधान सभा निर्वाचनमा हिन्दूराष्ट्र र राजसंस्थाको मुद्धा बोकेका थापाले ‘एक भोट दाईलाई, एक भोट गाईलाई’ भन्दै भोट मागे। सोही गाईले जितेको २५ सिट जनमतको कदर गर्न नसक्दा थापाको अहिलेको अवस्था आएको उनीहरुको वुझाई छ।

धर्म रक्षा गर्ने जिम्मा स्वरूप जनताले दिएको २५ सिट जनमतलाई २५ करोडमा लिलाम गरी धर्म निरपेक्ष देश घोषणा गर्न मद्दत गरेको प्रतिफल कमल थापाले पार्टीको महाधिवेशनमा भोगेको उनकै पार्टीका नेताहरु वताउँछन् ।

यो पनि

कमल थापा हार्नुका ४ कारणः गाई वेचेको ५७ करोडदेखी निर्मल निवाससम्म

राप्रपा कमल थापा राजु थापा

विशेष