News

एनसेलका कर्मचारीको आन्दोलनमा श्रीवास्तवका भिजिलान्ते ! (श्रृंखला– ४)

एनसेलका कर्मचारीको आन्दोलनमा श्रीवास्तवका भिजिलान्ते ! (श्रृंखला– ४)

दुर सञ्चार सेवा प्रदायक कम्पनी ‘एनसेल’मा लामो समयदेखी भईरहेको कर्मचारीहरुको आन्दोलनमा भिजिलान्ते प्रयोग भएको पाईएको छ। 

कम्पनीका मानव संसाधन तथा प्रशासन प्रमुख युवराज श्रीवास्तवले आन्दोलनमा आफना भिजिलान्ते प्रयोग गरेको आन्दोलनरत केही कर्मचारीले दावी गरेका छन् । प्रत्येक २/२ वर्षमा सामुहिक सौदाबाजी अनुसार कर्मचारीको तलब तथा सुबिधा बढाउनुपर्ने, बिनाकारण कर्मचारीहरुलाई जागिरबाट बर्खास्त गर्न नपाईने लगायतका माग राखेर कर्मचारीहरु आन्दोलनमा छन् ।

कम्पनीमा कार्यरत ५ सयभन्दा वढि कर्मचारी मध्ये ब्यवस्थापकिय टिम वाहेक करिव ४ सय ६० जना कर्मचारी यतिवेला आन्दोलनमा छन् । सामुहिक सौदावाजीका लागि प्र्रस्तुत गरेको प्रस्ताव कार्वान्वयनमा नआएपछि गत दशैं अघिदेखि उनीहरुले सुरु गरेको आन्दोलन अझै रोकिएको छैन।

एनसेल केन्द्रिय कार्यालय प्रांगणमा त्रिपाल टाँगेर वसेका कर्मचारीहरुसँग ब्यवस्थापनले पटक पटक वार्ता गरेपनि माग सुनुवाईमा भने कुनै वास्ता नगरेको वरु गलत मनसाय वोकेका केही सिनियर कर्मचारीहरुले आन्दोलनवाट आफनो ब्यक्तिगत स्वार्थ पुरा गर्न खोजेको एक आन्दोलनकारी कर्मचारी वताउँछन् ।

कम्पनीमा मलेसियन नागरिक एण्डी चोङ सिइओ (प्रमुख कार्यकारी निर्देशक) छन भने भारतीय नागरिक युवराज श्रीवास्तव मानव संसाधन तथा प्रशासन प्रमुख छन् । (यसअघि पाकिस्तानी नागरिक भएकाले भुल सुधार गरिएको) कर्मचारीको आन्दोलनमा आफु पक्षका कर्मचारी प्रयोग गरेर श्रीवास्तवले सिइओ एण्डी चोङलाई दवावमा राख्न खोजेपछि आन्दोलन मथ्थर हुने अवस्थामा पुगेको उनले वताए ।

श्रीवास्तावले दोहोरो भुमिका निर्वाह गर्न थालेपछि आफुहरु नै हच्किनु परेको उनी वताउँछन् । ‘एकातर्फ जायज माग राखेर आन्दोलन गर्ने कर्मचारीको माग सम्वोधन हुँदैन भन्दै वमले उडाउने धम्की दिने र अर्कोतर्फ सोही आन्दोलनलाई उपयोग गरेर सिइओलाई साईजमा राख्ने नियत देखियो’ ति कर्मचारी भन्छन्–‘यसरी अरुको स्वार्थपुर्तीका लागि आन्दोलनलाई प्रयोग हुन दिनु भन्दा वरु आन्दोलनलाई विस्तारै सेफ ल्याण्डिङ्ग गर्ने मनस्थिती वनाएका छौं ।’

आन्दोलनरत कतिपय कर्मचारी भने श्रीवास्तवको डरले बोल्न समेत डराउने गरेका छन् । श्रीवास्तवले मिडियामा कुनै पनि सुचना दिए जागिरबाट निकाल्ने धम्की दिएको ती कर्मचारीहरुको गुनासो छ।

यद्यपी एनसेल स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष सुकान्त अधिकारीले भने आन्दोलनमा धम्की आएको र गलत प्रयोग भएको विषय अस्विकार गरेका छन् । तर, लामो समयदेखि भएको आन्दोलनमा ब्यवस्थापकिय टिमले वेवास्ता गरेको उनको भनाई छ। ‘हामी लामो समयदेखि आन्तरिक संघर्षमा छौं, पटक पटक वार्ता पनि भए तर निस्कर्षमा पुग्न सकिएको छैन’– उनले भने।

यो पनि

एनसेल आतंकः समाचार हटाउन दलाल मार्फत लगातार धम्की (श्रृंखला– ३)

आन्दोलनको समाचार हटाउन एनसेल कर्मचारीको दवाव, नहटाए ठिक पार्ने धम्की (श्रृंखला– २)

एनसेल कर्मचारीलाई बमले उडाईदिने श्रीवास्तवको धम्की (श्रृंखला– १)

एनसेल युवराज श्रीवास्तव

विशेष