News राजनीति

निर्वाचन आयुक्तहरुलाई खनालको निम्तो –आउनुहोस् हेर्न को हो आधिकारिक पार्टी

निर्वाचन आयुक्तहरुलाई खनालको निम्तो –आउनुहोस् हेर्न को हो आधिकारिक पार्टी

नेपाल कम्युनिस्ट पार्टी नेकपाको वरिष्ठ नेता झलनाथ खनालले ‘ दुई÷चार हजार मान्छेलाई राखेर चुनाव गराउँछु र दुई तिहाई बहुमत ल्याउँछु भन्ने ?’ भन्दै प्रश्न गरेका छन् ।

काठमाडौंमा प्रचण्ड–माधव पक्षले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले भने, ‘केपी ओलीले दरबार अघि उभिएर केही मान्छे भेला गरेर सभा कस्तो हेनुहोस् भने। तर, ओली गुटको मानिसहरु आउनुहोस् भेला भनेको कस्तो हुन्छ।’
 
उनले निर्वाचन आयोगलाई पनि आधिकारिक्ताका लागि सभा हेर्न आमन्त्रण गरे । ‘निर्वाचन आयुक्तहरू आउनुहोस् हेर्न, को हो आधिकारिक पार्टी’ उनले भने, ‘ओलीलाई भन्न चाहान्छु दुई चार हजार मान्छेलाई राखेर दुई तिहाई बहुमत ल्याउँछु । चुनाव गराउँछु भन्ने।’
 
दुई वर्षपछि कहाँ कसले बहुमत ल्याउँछ हेर्न आग्रह गरे। आफनै भविष्यप्रति विस्वास नभएर ओली पशुपति नाथको शरणमा पुगेको उनले वताए । 

नेता खनालले अहिलेको संघर्ष नेकपाको दुई गुटको झगडा मात्र नभएकाले पुस ५ को प्रतिक्रान्ति विरुद्ध संयुक्त आन्दोलनका लागि दलहरुलाई आग्रह गरे । 
 

विशेष