केपी ओलीले पहिलो अध्यक्ष हुँ भन्दै निर्वाचन आयोगलाई थर्काएः माधव नेपाल
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले पहिलो अध्यक्ष हुँ भनेर हुँदै नभएको दाबी गरेको र निर्वाचन आयोगमा गएर थर्काएको आरोप लगाएका छन्।
काठमाडौंमा प्रचण्ड माधव पक्षले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले अध्यक्ष नेपालले भने–‘निर्वाचन आोगमा गएर केपी ओलीले धम्क्याएका हुन्। केपी ओली कताको पहिलो अध्यक्ष हुन् ? केपी ओली गुटको कि कम्युनिस्ट पार्टीको ? पहिलो अध्यक्ष बालकोटको होला ?’
विधानदेखि पार्टीको दस्तावेज र निर्णयमा कतै पनि ओली पहिलो अध्यक्ष भनेर नलेखिएको उनले वताए । निर्वाचन आयोगलाई दस्तावेज हेरेर मात्र अगाडि बढ्न उनले सुझाव दिए। ओलीले धम्क्याएको भरमा निर्णय नगरी दस्तावेज, निर्णय र विधान हेर्न सुझाव दिँदै नेपालले त्यसमा शंका लागे ४४१ जनालाई बोलाएर टाउको गन्न आयोगलाई चुनौती दिएका छन्।
प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै पाप गर्नेलाई पशुपतिले पनि माफ नगर्ने नेपालले बताएका छन्। ‘पाप गर्नेलाई पशुपतिले पनि माफ गर्दैनन्, चेतना भया’ उनले भने–‘केपीको पाप बत्ति बालेर कसैले पनि पखालीदैन।’
ओलीलाई बलात्कृत भएको महिलाले पनि सरापिरहेको उनले बताए। ओलीले भ्रष्टाचारको कार्यक्रम गरेर मान्छेलाई भाडामा ल्याउँदा समेत केही हजार मान्छे मात्रै ओलीसँग भएको बताए।