देश र जनताको पक्षमा फैसला आएन भने आँधी आउँछः प्रचण्ड
प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी ओलीको मन्त्री मण्डलमा रहेका दुई जना मन्त्री आफनो समुहमा फर्किन वार्ता गरिरहेको खुलासा गरेका छन् ।
काठमाण्डौमा उक्त समुहले बुधबार आयोजना गरेको विरोध सभालाई सम्वोधन गर्दै दाहालले ओली समुहवाट आफ्नो समूहमा फर्कनेको लिस्ट लामो भएको बताए। ‘फर्कने मन्त्री पनि म सँग वार्ता गरिरहेका छन्। केपी जी तिर गएका मान्छेहरू फर्कने लाम लागेको छ’ उनले भने–‘लामो लिस्ट भन्न सक्छु। अरू त अरू उहाँले मन्त्री बनाएका दुई जना मन्त्री पनि यता फर्कन म सँग वार्ता गर्दैछन्।’
दाहालले प्रधानमन्त्री ओलीलाई सभा कस्तो हुँदोरहेछ ? भन्दै ब्यंग्य पनि गरेका छन् । केही दिनअघि ओलीले सभा कस्तो हुन्छ देखाउने भन्दै दिएको अभिब्यक्ति प्रति ब्यंग्य गर्दै उनले भने–‘केपीजी देख्नुभयो सभा कस्तो हुँदोरहेछ ?’
आजको सभालाई सर्वोच्च अदालतका न्यायाधीशहरूले पनि देखेको हुनुपर्ने उनले बताए। ‘अदालतलाई देश र जनताको पक्षमा फैसला गर्न सहज भएको छ । त्यसो भएन भने आँधी आउँछ’ चेतावनीपुर्ण शब्दमा उनले भने–‘हिजो सानो समूहले विद्रोह गर्दा के भयो ? अब नेपालमा ‘ग्रीन रिभोलुसन’ हुन्छ । यत्रो जनताको आवाजलाई नसुन्ने ?’