नेकपा नेतामाथि चिनियाँ लगानी, नतमस्तक छ नेपाली प्रहरी/प्रसासन
कोरोनाको वहानामा चीनको अघोषित नाकावन्दीका कारण तातोपानी र रसुवा भन्सार आसपासका नागरिक तथा ब्यापारीको विल्लीवाठ छ।
स्थानीयको दवावका कारण संचालनमा आएको नाका पनि नाम मात्रको भएपछि सर्वसाधारणलाई जिविका चलाउनै समस्या छ। भने १ वर्षअघिदेखि सामान वोकेका कन्टेनर सिमापारी नै अड्कीएपछि ब्यापरीहरु उकुसमुकुस भएका छन्।
अर्कोतर्फ नेपालीसँगको सम्वन्ध छुटाउन तिब्वतको खासास्थित वस्ति नै उठाएपछि नेपालीलाई आफन्त भेट गर्न समेत गाह्रो भएको छ । ‘केहि समय अघिसम्म खासामा चीनियाँ नागरिकको एउटा वस्ति थियो। अहिले त्यो वस्ति उठाएर करिव ८ सय किलोमिटर टाढा सिगात्सेमा पुर्याईएको छ’ भोटेकोशी गाउँपालिका–४ का वडाध्यक्ष साङदोर्जे शेर्पा भन्छन्–‘उनीहरु खासा आउन चाहिरहेका छन्, तर दिएको छैन । नेपालीहरुसँग उनीहरुको पारिवारीक सम्वन्ध छुटाउनकै लागि अहिले नाका वन्द गरिएको हो ।’
‘हाम्रा धेरै चेलीवेटीको उता विवाह भएको छ। उताका पनि यता आएका छन’ उनले थपे–‘आफन्त भेटघाटमै समस्या आएपछि हामीले पनि त्यस विषयमा चासो राख्यौं। सुन्नमा आए अनुसार स्वतन्त्र तिब्वतको गतिविधि वढेकाले त्यसो गरिएको रहेछ ।’
नेपाली माथि चीनले गर्ने गलत ब्यवहार यतिमात्रै सिमित छैन । चीनियाँ अधिकारीहरूले नेपालको स्थानीय राजनीतिमा समेत हस्तक्षेप गर्न थालेका छन् ।
नेपाली कांग्रेस सिन्धुपाल्चोक, क्षेत्र नं १ का सभापति बालकृष्ण बस्नेतका अनुसार चीनले नेपाली जनप्रतिनिधिहरुलाई प्रभावमा पार्ने काम सुरु गरेको छ । कम्युनिष्ट पार्टीका जनप्रतिनिधिलाई विभिन्न खाले भ्रमणका लागि आमन्त्रित गर्ने र आर्थिक सहयोग गर्ने गरिएको छ ।
उच्च ओहोदाका सरकारी कर्मचारी र नेकपाका स्थानीय कार्यकर्ताहरुलाई पनि पैसा दिएर प्रभावमा राख्ने गरेको उलने जानकारी दिए । वस्नेत भन्छन्–‘चीनियाँ अधिकारीहरुको पक्षपातपुर्ण क्रियाकलापका कारण नेपाली कांग्रेससँग आवद्ध नेता/कार्यकर्ताहरु निराश छन्।’
यसैगरी, चीनियाँ अधिकारीहरुले सिमा क्षेत्रका जिल्लाहरुमा ड्रोन मार्फत निगरानी गर्ने तथा प्रहरी÷प्रशासनलाई दवाव र प्रभावमा राख्ने गरेको स्थानीय नागरिक समाजका पदाधिकारीहरु वताउँछन् । ‘चीनियाँले जे–जे गरेपनि हाम्रो प्रशासनले एक वाक्य पनि वोल्दैन’ एक नागरिक अगुवा भन्छन्–‘प्रहरी प्रशासन नै नतमस्तक भएपछि नागरिक स्तरमा मुख खोल्ने कुरै आउँदैन।’
यो पनि
यस कारण चीनियाँ नाकाबाट समान ल्याउन चाहाँदैनन् ब्यापारी
नेपाली नागरिक माथि चीनियाँ प्रहरीको अत्याचार, निर्मम कुटपिट
चाईना ब्यापारः रसुवा भन्दा तातोपानी सुगम, तर चीनियाँ शासकको सन्कीले ब्यापारीको बिचल्ली
चीनियाँ नाकाबन्दीले सीमाका जनताले आफन्त भेट्न पनि पाएनन्
मदिराले लट्ठ भएर नेपालीलाई थर्काउछन चीनियाँ प्रहरी
महङ्गियो मेड इन चाइना : दलालको दादागिरी, २४ किलोमिटर सामान ओसारेको १२ लाख
नेपाली भुमिमा ड्रोन उडाउँछन चीनियाँ लालसेना
चाईना ब्यापारः कहिले बन्ला सिमासम्म राम्रो बाटो ?
चीनमा नेपाली ब्यापारीको सुरक्षा भएन, आफनै सामान ल्याउन दलाललाई घुस
चीनको वदमासीः ३ सय कन्टेनर आउने नाकामा ३ वटा कन्टेनर मात्रै जाँचपास
नेपालीसँगको सम्वन्ध छुटाउँन चीनले खासाको वस्ती नै उठायो
चीनियाँ नाकामा सास्तीः चिनियाँहरुलाई घुस नदिए सामान पठाउँदैनन्
चीनको अघोषित नाकावन्दीका कारण तातोपानी नाका सुनसान, सामान आयात निर्यातमा अवरोध
मेयर र शेर्पालाई सुन तस्करीको आरोप, शेर्पा भन्छन– अरुले पनि भन्सारलाई प्रभाव पारे हुन्छ
‘चाईना नाकावन्दी’को असर : रसुवामा सर्वसाधारणको विचल्ली, ६ सय श्रमिक विस्थापित
एमसिसी मार्फत अमेरिकी प्रभाव बढ्ने देखेपछि नेपालमा चिनियाँ नाकाबन्दी