News

अख्तियारसँग अपराधी थर्कमान हुनै पर्छः प्रधानमन्त्री ओली

अख्तियारसँग अपराधी थर्कमान हुनै पर्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियारसँग अपराधीहरु थर्कमान हुनै पर्ने वताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं  स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले वताउँदै भ्रष्टाचारीलाई अख्तियारको डर हुनु पर्ने र निर्दोष मान्छेका लागि संरक्षक पनि वन्नु पर्ने वताए ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार सम्बन्धी समाचार पुर्वाग्रह नराख्न प्रत्रकारहरुलाई सुझाव पनि दिए। भ्रष्टाचार नगरेका व्यक्तिलाई पनि जसरी पनि भ्रष्टै देखाउने गरी समाचार लेख्न नहुने उनको सुझाव छ ।

भ्रष्टलाई भ्रष्ट भन्नुपर्ने तर जो भ्रष्ट होइन उसलाई जसरी पनि भ्रष्टै नै हो भन्ने आग्रहपूर्ण मान्यता राख्न नहुने उनले सुझाए। 

राज्यको चौथो अंग सञ्चार माध्यमले जनतालाई यथार्थ कुरा पस्किनु पर्ने उनको भनाई थियो । कतिपय सञ्चार माद्यम अख्तियार दुरुपयोग अनुसन्धान आयोग विगतका कतिपय घट्नामा अनुचित ढंगले प्रस्तुत भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
 

विशेष