News राजनीति

कामचलाउ पनि होईन, ओली नेतृत्वको सरकार अवैधानीक होः नारायणकाजी

कामचलाउ पनि होईन, ओली नेतृत्वको सरकार अवैधानीक होः नारायणकाजी

प्रचण्ड–माधव नेतृत्वको नेकपाका प्रवक्ता तथा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले केपी ओली नेतृत्वको सरकार कामचलाउन पनि नभएर अवैधानीक भएको आरोप लगाएका छन् ।

नेकपा प्रचण्ड–माधव समुहले काठमाण्डौंमा आयोजना गरेको विरोध सभालाई सम्वोधन गर्दै श्रेष्ठले संसद विघटन भएपछि संविधान अनुसार विधिसम्मत कामचलाउ घोषणा गर्ने ब्यवस्था रहेपनि त्यसो नगरिएका कारण ओली नेतृत्वको सरकार अवैधानीक भएको वताए । ‘संविधानअनुसार ४ तरिकाले प्रधानमन्त्री नरहने ब्यवस्था छ। त्यसमध्ये प्रधानमन्त्री सांसद नरहे प्रधानमन्त्री पदमा नरहने उल्लेख छ’ उनले भने–‘सरकारले आफैले प्रतिनिधि सभा विघटन गरिसकेको र ओली आफै पनि सांसद नरहेकाले यो सरकार अवैधानीक हो ।’

‘यो अवैधानीक सरकार हो। विधिसम्मत काम चलाउ घोषणा पनि नगरिएकाले यसको वहिरगामनका लागि हाम्रो संघर्ष जारी छ’– उनले भने । 

सारमा अहिलेको संघर्षको उदेश्य संविधान र लोकतन्त्रको रक्षाका लागि ओलीको प्रतिगामी कदमलाई असफल वनाउनु, वलमिच्याई गरेर जंगली तरिकाले भएका संवैधानीक अंगहरुको नियुक्ति खारेज गर्नु र यो सरकारको वहिर्गन रहेको वताए । 
केपी ओली सरकारले घोषणा गरेको मध्यावधि चुनाव संविधान अनुरुप नभएको पनि उनले दावी गरे । ‘संविधानलाई अपहरण गरेर घात गर्ने चुनाव हामीलाई चाहिएको होइन। यो चुनाव संविधान अन्तर्गतको होईन’–उनले भने।

विशेष