News राजनीति

नेकपाको आधिकारिकता दाबी गर्न दाहाल–नेपाल समूह निर्वाचन आयोग जाने

नेकपाको आधिकारिकता दाबी गर्न दाहाल–नेपाल समूह निर्वाचन आयोग जाने

नेकपा दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको छ।

सोमबार बबरमहलस्थित कार्की व्यांक्वेटमा बसेको चौथौं केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो। 

तर ११ माघमा बसेको निर्वाचन आयोगको बैठकले दाहाल–नेपाल र ओली दुवै पक्षका दाबी अस्वीकार गर्ने निर्णय गरेको छ । आयोगले पार्टी एकतापछि २३ जेठ २०७५ मा बुझाएको ४४१ केन्द्रीय सदस्य तथा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्षलाई मान्यता दिएको छ।

त्यसपछि २५ प्रतिशत केन्द्रीय सदस्यको मागअनुसार बैठक बसेको र ४४१ को दुई तिहाइ सहभागी भएको प्रचण्ड माधव समूहको दाबी छ । बैठकले त्यसको लिखित जवाफसहित आयोगमा जाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए । कहिले जाने भन्ने विषय भने टुङ्गो लागेको छैन ।

बैठकले प्रधानमन्त्री केपी ओलीलाई साधारण सदस्यसमेत नरहने गरी र विष्णु पौडेललाई महासचिव पदबाट हटाउने निर्णयसमेत गरेको छ।

विशेष