News राजनीति

झाँक्रीलाई पक्राउ गरेर सरकारले आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको छः रामचन्द्र पौडेल

झाँक्रीलाई पक्राउ गरेर सरकारले आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको छः रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव पक्षकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्राउको विरोध गरेका छन् । झाँक्रीलाई पक्राउ गरेर सरकारले आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको उनले बताएका छन्।

राज्यविरूद्धको कसुरअन्तर्गत दफा ५८ अनुसार झाँक्रीलाई आज प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले पक्राउ पुर्जी दिएर पक्राउ गरेको हो। 

नेता पौडेलले विहिवार ट्वीट गर्दै झाँक्रीलाई पक्राउ गर्नु संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि नाङ्गो हस्तक्षेप भएको वताएका छन्।

उनले लेखेका छन्–‘सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको छ । संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथि नाङ्गो हस्तक्षेप गरेको छ। त्यसैले रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको घटनाको म  घोर भत्सर्ना गर्दछु  विना शर्त रिहा गरियोस् !’

विशेष