झाँक्रीलाई ७ वर्षसम्म कैद वा ७० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्ने
राज्यविरूद्धको कसुरअन्तर्गत दफा ५८ अनुसार नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ रामुकुमारी झाँक्री आज पक्राउ परेकी छिन् । उनीमाथि राज्यविरुद्ध कसुरको दफा ५८ अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीलाई धम्की दिएको, डरत्रास देखाइएको र दबाब दिएको आरोप छ।
उनीमाथिको आरोप प्रमाणीत भए उनलाई कानुनी सजाय सजाय हुने ब्यवस्था पनि छ ।
राज्यविरुद्धको कसुर दफा ५८ मा बल प्रयोग गरी वा नगरी राष्ट्रपति वा संसदलाई कुनै किसिमको धम्की दिने वा डरत्रास देखाउने वा दबाब दिने कसुरमा सजायको व्यवस्था छ ।
राज्यविरुद्धको सजाय निर्धारणसम्बन्धी सर्वोच्चले बनाएको मार्गदर्शनले यस्तो कसुर प्रमाणित भएमा ४ देखि ७ वर्षसम्म कैद वा ७० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था छ ।