News राजनीति

डा. वावुराम भट्टराईको प्रश्न–यो सरकारको काल आएकै हो ?

डा. वावुराम भट्टराईको प्रश्न–यो सरकारको काल आएकै हो ?

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष वावुराम भट्टराईले नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीको गिरफ्तारी प्रति आलोचना गर्दै ‘यो सरकारको काल आएकै हो ?’ भनेर प्रश्न गरेका छन् ।

विहिवार ट्वीटरमा संविधानका केहि धारासहित आफनो धारणा सार्वजनिक गरेका भट्टराईले संविधानको पालन र संरक्षण गर्नु पर्ने राष्ट्रपतिले नै उलंघन गरेपछि किन नवोल्ने भन्दै अर्को प्रश्न गरेका छन् । 

संविधानको धारा १७ को उपधारा (२) को (क) मा ‘विचार र अभिब्यक्तिको स्वतन्त्रा हुने’ तथा धारा ६१ को उपधारा (४) अनुसार ‘संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तब्य हुनेछ’ भन्ने वुँदासहित आफनो धारणा राखेका भट्टराईले राष्ट्रपतिले नै संविधान उलंघन गरेपछि नागरिकले वोल्न पाउने वताएका छन् ।

‘ओली सरकारले राष्ट्रपतिवारे विचार अभिब्यक्ति दिएकै आधारमा युवा नेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेछ! नेपालको संविधानले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिन्छ!’ उनले लेखेका छन्–‘संविधानको पालन र संरक्षण गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने? यो सरकारको काल आएकै हो?’
 

विशेष