News

नेता रघुजी पन्तलाई वहिस्कार गर्न विश्व हिन्दू युवा संघले किन गर्यो आग्रह ?

नेता रघुजी पन्तलाई वहिस्कार गर्न विश्व हिन्दू युवा संघले किन गर्यो आग्रह ?

विश्व हिन्दू युवा संघले प्रचण्ड–माधव पक्षका नेता रघुजी पन्तलाई वहिस्कार गर्न आग्रह गरेको छ । वुधवार प्रचण्ड–माधव पक्षले काठमाण्डौंमा आयोजना गरेको आमसभामा नेता पन्तले भगवान पशुपतिनाथको विषयमा गरेको टिप्पणीमाथि आपत्ति जनाउँदै संघले वहिस्कार गर्न आग्रह गरेको हो ।

पन्तको टिप्पणीले पशुपतिनाथप्रति अनास्था फैलाएको संघको जिकिर छ । संघद्वारा विहिवार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यो अभिव्यक्तिले निज रघुजी पन्त विदेशी विधर्मीको गोटी भएको पुष्टि गर्छ । यस्ता सबैखाले अनुहारको पहिचान गरी यिनीहरुलाई बहिष्कार र कारबाही गर्नुपर्छ ।’

केही समयदेखि नेपालको राष्ट्रिय एकतामाथि खलल पु¥याएर नेपाललाई कमजोर बनाउने षडयन्त्र भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

‘ती षडयन्त्रकारीहरुले नेपालका विभिन्न क्षेत्रमा प्रलोभनमा पारेर उनीहरुमार्फत नै हाम्रो धर्म, सस्कृति र सभ्यतालाई नष्ट गर्ने प्रयास गर्दै आइरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

पन्तकले बुधबारको विरोध सभामा राजा विरेन्द्र र ज्ञानेन्द्रले हरेक वाक्यको पछाडि ‘पशुपतिनाथले रक्षा गरुन’ भने पनि उनीहरूको संकट नटरेको वताएका थिए । हरेक वाक्यमा पशुपति नाथको नाम लिएपछि विरेन्द्रको वंश नास भएको र ज्ञानेन्द्र नागर्जुन जानु परेको भन्दै उनले ओलीलाई पनि पशुपतिले रक्षा नगर्ने बताएका थिए ।

विशेष