News अर्थ समाज देश

कमिलाको काल आएपछि प्वाँख पलाउँछ : प्रधानमनमन्त्री ओली 

वीरेन्द्र रमण

कमिलाको काल आएपछि प्वाँख पलाउँछ : प्रधानमनमन्त्री ओली 

जनकपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मधेशी विरोधी भनेर प्रचार गरिएकोप्रति दुःखमनाउ गरेका छन् । सोमवार धनुषाको ढल्केवरमा देशकै सबैभन्दा ठूलो सब–स्टेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यसरी दुखमनाउ गरेका हुन् ।


केपी ओलीलाई मधेश विरोधी भन्नेहरुले नै मधेशको विकास र उन्नती नचाहेको उनले वताए । प्रचण्ड–माधव समुहतर्फ ईङ्कित गर्दै प्रधानमन्त्री ओलीले भने–‘पार्टीमा उपद्रो गरिरहेका थिए, टेलिभिजनमा उफ्रियो, सरकारलाई गाली गर्यो, यसरी चल्छ पार्टी।’

प्रधानमन्त्री ओलीले मधेसको विकास गर्ने संकल्पका साथ आफु अगाडि बढेको बताए। मधेसमा विकास नचाहने तत्वहरुले नै आफुलाई मधेस विरोधीको संज्ञा दिएको बताए। 


जनकपुर–ढल्केवर सडक वनाउँदै आफु अघि वढेपछि मधेश विरोधी भन्दै प्रचार गर्न थालेको उनको भनाई छ । ‘जनकपुर – ढल्केवर खण्डको अवस्था जर्जर थियो, बसमा समेत हेल्मेट लगाएर हिडनुपर्ने अवस्था थियो’ उनले भने–‘त्यसलाई हटाएपछि मधेस विरोधीको रुपमा स्थापित गराउन खोजियो।’


विकास र समृद्धि नचाहे तत्वहरुले नै अहिले सडकमा वितण्डा मच्चाउन खोजेको उनले आरोप लगाए। विकासको लागि जनताले अभिमत दिएको बताउदै पार्टी र सरकारलाई सहि रुपमा संचालन गर्न अवरोध गर्नेहरु अहिले आफै गएको ओलीले वताए ।

‘कमिलाको काल आएपछि प्वाँख पलाउँछ’ भन्दै उनले अहिले त्यस्तै अवस्था आएको पनि उनको जिकिर छ। ओलीले आफुले पटक–पटक प्रचण्ड–मावधलाई मिलेर जान आग्रह गर्दा समेत उनिहरु मिलेर जना नमानेपछि आफै गएको ओलीले वताए ।

 
प्रधानमन्त्री ओलीले धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरमा निर्माण भएको देशकै ठूलो र पहिलो चार सय केभी ढल्केबर सबस्टेसन उद्घाटन गरेका छन् । १३ बिघा जमिनमा फैलिएको ४०० केभी र २२० केभी सबस्टेसनको उद्घाटन गरेका हुन् ।

नेपाल सरकार र विद्युत प्राधिकरणको करिब दुई अर्ब २० करोड रुपैयाँ लगानीमा निर्माण भएको  ४००/२२० केभीको ढल्केबर सबस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो ।

४००/२२० केभी ढल्केबर सबस्टेसनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब नौ सय मेगावाट विद्युतलाई प्रसारण गर्न सक्दछन् । यसैगरी, २२०/१३२ केभी सबस्टेसनमा रहेका तीन वटा ट्रान्सफर्मरको क्षमता ६३५ एमभीए छ भने अर्को ३१५ एमभीए जडान भइरहेको छ । 

विशेष