News

प्रहरीले विद्यार्थी नेतालाई भ्यानमा राखेर कुट्यो, योगेश भट्टराईद्वारा विरोध

प्रहरीले विद्यार्थी नेतालाई भ्यानमा राखेर कुट्यो, योगेश भट्टराईद्वारा विरोध

विद्यार्थी नेतालाई प्रहरीको भ्यानमा राखेर कुटपिट गरिएको प्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले विरोध गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमविरुद्ध शान्तिपूर्ण बिरोध कार्यक्रममा सहभागी विद्यार्थी नेतालाई पक्राउ गरेर प्रहरीले कुटपिट गरेको आरोप छ।

नेकपा संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले एक प्रेस नोट जारी गर्दै दोषीलाई कारबाहीको माग गरेका हुन्। काठमाडौंको बानेश्वरमा भएको शान्तिपूर्ण विरोध कार्यक्रम सम्पन्न भएर फर्किनेक्रममा अनेरास्ववियु केन्द्रिय सदस्य प्रशुन कार्कीलाई पक्राउ गरी प्रहरी भ्यानमा राखेपछि कुटपिट भएको भट्टराईको दाबी छ । 

प्रहरीको कुटाइबाट विद्यार्थी नेता प्रशुन कार्कीको आँखा र ओठमा गम्भीर चोट लागेको छ। 

भट्टराईले आन्दोलनकारीहरूको कारवाहीमा उत्रने कुनै पनि व्यक्ति र सुरक्षाकर्मीका बारेमा पार्टीको संघर्ष समितीले नोटिसमा राख्ने जानकारीसमेत गराएका छन्।
 

विशेष