News राजनीति

प्रतिनिधि सभा विघटनको उपचार प्रतिनिधि सभाको पुनर्स्थापना नै होः वरिष्ठ नेता पौडेल

प्रतिनिधि सभा विघटनको उपचार प्रतिनिधि सभाको पुनर्स्थापना नै होः वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उनले प्रतिनिधि सभा विघटनको उपचार प्रतिनिधि सभाको पुनर्स्थापना मात्रै रहेको वताएका छन् ।

तनहुँको दमौलीमा भ्रातृ संस्थाले आयोजना गरेको विरोध सभामा बोल्दै उनले देशलाई पद्दती र ट्रयाकमा ल्याउन एउटै मात्र विकल्प संसद पुनर्स्थापना नै भएको वताएका हुन् ।

संसद पुनर्स्थापना नै अन्तिम र एकमात्र विकल्प भएकाले कांग्रेस यसमा स्पष्ट हुनुपर्ने पौडेले प्रस्टाए । ‘कांग्रेस यसमा द्विविधामा हुनु हुन्न, म सारा पार्टीका कार्यकर्तालाई प्रतिगमनविरुद्ध एक हुन आह्वान गर्छु’– उनले भने।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने पौडेलले दाबी गरे। आशाको एक मात्र ठाउँ अदालत रहेको उनको भनाई छ । ‘जनताका प्रतिनिधिलाई फेस गर्न नसकेर प्रधानमन्त्रीले सनक भरमा प्रतिनिधि सभा भंग गरे’ उनले भने,‘अब आशाको ठाउँ एक मात्र बाँकी छ । अदालतले पुनर्स्थापना गर्छ र अवैधानिक कदमलाई वैधानिक बनाउँछ ।’

पौडेलले प्रतिनिधि सभा विघटनमा प्रधानमन्त्री मुख्य दोषी भएको भन्दै त्यसमा राष्ट्रपतिको पनि भूमिका रहेको जिकिर गरे ।

विशेष