News

नेपाली राजदुत र विहारका मुख्यमन्त्री नितिशकुमारविच भेटवार्ता

नेपाली राजदुत र विहारका मुख्यमन्त्री नितिशकुमारविच भेटवार्ता

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र भारतको विहार राज्यका मुख्यमन्त्री नितिशकुमारविच भेटवार्ता भएको छ ।

भेटवार्तामा नेपाल र भारत सम्बन्धलाई सुदृढीकरण गर्ने र अन्य विभिन्न क्षेत्रमा सहकार्य गर्ने विषयमा कुराकानी भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

विहार राज्यसँग बाढी व्यवस्थापन, विजुलीको व्यापार, सीमा व्यवस्थापनलगायतका विभिन्न विषयहरु रहेका छन् । यद्यपी नेपालमा राजनीतिक अस्थिरता चरमोत्कर्षमा पुगेका बेला राजदूत आचार्यले बिहारका मुख्यमन्त्रीलाई भेटेका हुन्। 

भेटमा राजदूत आचार्यले मुख्यमन्त्रीलाई पशुपतिनाथको तस्विर प्रदान गरेका थिए ।

विशेष