News विदेश राजनीति

लद्दाखको सीमा क्षेत्रबाट आ–आफ्ना सेना फिर्ता गर्न भारत र चीन सहमत

लद्दाखको सीमा क्षेत्रबाट आ–आफ्ना सेना फिर्ता गर्न भारत र चीन सहमत

विवादित क्षेत्र लद्दाखको सीमा क्षेत्रबाट आ–आफ्ना सेनालाई फिर्ता ल्याउन भारत र चीन सहमत भएका छन् ।

गत जुनमा दुई देशका सैनिकहरूबीच भएको हिंसात्मक भिडन्तमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । त्यसयता दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको थियो । भारत र चीन दुवैले उक्त क्षेत्र आफ्नो भएको दाबी गर्दै आएका छन् ।

तथापी नौ चरणको वार्तापछि पान्गोङ्ग त्सो तालको उत्तर र दक्षिण किनारबाट पछाडि हट्ने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको रक्षामन्त्री राजनाथ सिंहले लद्दाखको सीमा क्षेत्रबाट सैनिक फिर्ता ल्याउने कदम परमाणु अस्त्रसम्पन्न मुलुहहरूबीच भएको निरन्तरको वार्ताको परिणाम भएको बताएका छन् । संसदमा बोल्दै उनले गत सेप्टेम्बरयता दुवै पक्षले सैनिक र कूटनीतिक माध्यमहरूबाट कुराकानी थालेको जानकारी दिए।

चीनको राष्ट्रिय प्रतिरक्षा मामिला मन्त्रालयका प्रवक्ताले पान्गोङ त्सो तालबाट संयोजित र व्यवस्थित रूपमा पछाडि हट्ने कार्य आरम्भ भएको प्रतिक्रिया दिए।
 

विशेष