News राजनीति

जनयुद्धका उपलब्धि गुम्ने खतरा भएकाले बलिदानका लागि तयार हुन प्रचण्डको आह्वान

जनयुद्धका उपलब्धि गुम्ने खतरा भएकाले बलिदानका लागि तयार हुन प्रचण्डको आह्वान

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका उपलब्धि गुम्ने खतरा भएको भन्दै बलिदानका लागि तयार हुन आह्वान गरेका छन्। 

शनिवार पेरिसडाँडामा आयोजित ‘सहिद स्मृति तथा सम्मान’ कार्यक्रममालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण उपलब्धि गुम्ने खतरा रहेको धारणा राखे।

उनले हजारौं सहिदहरुले रगत बगाएर प्राप्त गरेको संविधान धरासायी पार्ने षडयन्त्र भइरहेकाले एकचोटी संघर्षको मैदानमा उत्रिनुपर्ने संकल्प गर्ने दिन भएको बताए। जनताको वलिदानीवाट प्राप्त भएको समावेशी लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता जस्ता विषयको रक्षाका निम्ति आफू बलिदानका लागि तयार रहेको दाहालले वताए ।
 
उनले शान्ति सम्झौता, हतियार व्यवस्थापन गर्नु आफैंमा ऐतिहासिक र युगान्तकारी कदम भएको स्पष्ट पारेका छन्। प्रचण्डले भने, ‘शान्ति सम्झौतामा गयौं, सेना समायोजन गर्यौ, हतियातार व्ययवस्थापन गर्यौं। ती आफैंमा ऐतिहासिक र युगान्तकारी प्रकृतिका छन्। कतिलाई मन पर्न सक्छ, नपर्न पनि सक्छ। जे कर्म गरेका छौं, त्यो युगान्तकारी छ।’ 
 

विशेष