ओलीलाई राष्ट्रपति भण्डारीको कति हो कति मायाँ, ओलीसँग अरुको तुलना गर्नै नसक्ने सार्वजनिक घोषणा !
राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सम्वन्धलाई लिएर वेला–वेलामा निकै टिकाटिप्पणी हुने गरेको छ । राष्ट्रपतिले आफनो पदिय मर्यादा विर्सेर ओलीका गलत कृयाकलापमा पनि समर्थन गर्ने गरेको भन्दै आलोचना हुने गरेका छन् ।
प्रधानमन्त्री ओलीले पुष ५ गते आइतबार प्रतिनिधि सभा विघटनका लागि गरेको सिफारिस राष्ट्रपति भण्डारीले तत्कालै अनुमोदन गरेपछि भने आलोचना र टिकाटिप्पणी अझै वढेका छन् । त्यो घटनापछि त विद्या भण्डारी ‘नेकपाको पनि एक पक्षिय राष्ट्रपति’ भएको भन्दै आलोचना भईरहेका छन्।
यहि मेसोमा नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीले त विद्या भण्डारीलाई राष्ट्रपति छोडेर चुनावको तयारी गर्न र वालकोटै गएपनि हुन्छ भन्दै सार्वजनिक अभिब्यक्ति नै दिईन्। उनको यो अभिब्यक्तिको निकै आलोचना भयो र तनावपुर्ण अवस्था कै श्रृजना गर्यो।
तर, इतिहाँस हेर्दा ओली र भण्डारीको राजनीतिक सम्वन्ध आज मात्र होईन, निकै अघि देखि नै घनिष्ट देखिएको छ। १९ असार २०७१ मा सुरु हुने तय भएको तत्कालिन नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनको पुर्व सन्ध्यामा भण्डारीले एउटा टेलीभिजनलाई दिएको अन्तरवार्तामा ओलीसँगको उनको राजनीतिक सम्वन्ध गति गाढा छ भन्ने प्रष्ट देखिन्छ ।
प्रस्तोता नारायण पौडेलले ३ जुन २०१४ मा सञ्चालन गरेको यक्ष प्रश्न नामको कार्यक्रममा तत्कालिन नेकपा एमालेको उपाध्यक्ष रहेकी भण्डारीले आफुले ओलीसँग अरुको तुलना नै गर्न नसक्ने सार्वजनिक रूपमै घोषणा गरेकी थिईन। ‘अध्यक्ष पदका लागि सर्वसम्मत हुने भयो भने केपीको विकल्पमा जान सकिन्छ ?’ भन्ने प्रश्नमा भण्डारीले भनेकी छिन्–‘अहिले मैले त्यो विकल्प सोचेको छैन । सर्वसम्मतीको विकल्प भनेकै केपी ओली हो । माधव नेपाले पनि आफनो इच्छा ब्यक्त गर्नु भएको छ। यो त नराम्रो भएन। तर पार्टी भित्र तर्क गरौं, वहस गरौं । वहाँले भनेका कुरा पनि सुनौँ। तर, म चै हुनु पर्छ...। निशेधको राजनीति किन गर्नु ? केपी ओली किन हुँदैन त पुस्ट्याई गर्नु पर्यो नी।’
‘केपी ओली नै अध्यक्ष हुनुपर्ने के–के कारण छन्’ भन्ने प्रश्नमा भने भण्डारीले करिव ४० वर्षको इतिहाँस देखाएर ओली नै उपयुक्त पात्र भएको पुष्टि गरेकी छिन् । ‘एउटा त अव हाम्रो पार्टीमा निकै ठुलो योगदान छ हैन । हिजो कोअर्डिनेसन केन्द्र वन्दादेखि पार्टी भित्र आएका गलत रुझानको विरुद्धमा एक्लो वृहस्पति भन्छन् नी... एक्लो वृहस्पति जस्तो भएर लडने नेतामा वहाँ पर्नु हुन्छ। जस्तो चारुमजुमदारको लाईनवाट प्रभावित भएर झापा आन्दोलन हुँदाखेरी वहाँले त्यो लाईनको विरोध गरेर कसरी नेपालको आन्दोलनलाई अगाडि वढाउन सकिन्छ भन्ने आफनै विचार प्रश्तुत गरेर आगाडि वढ्नुभाको हो’ उनले भनेकी छिन्–‘पछि जेल पर्नु भो, १४ वर्ष जेल वस्नुभो। ४ वर्ष सेलामा वस्नु भो। वहाँले वाहिर संगठन गर्न पाउनु भएन तर आफनो विचारमा वहाँ अडिक रहेर वैचारीक रुपमा पार्टीलाई मद्धत गरेर वस्नु भो। अर्को चोटी एउटा यस्तो रुझान आयो अव चिनको अध्यक्ष हाम्रो पनि अध्यक्ष, चियर म्यान माओ हाम्रो पनि अध्यक्ष भन्ने यस्ता रुझानको वारेमा पनि वहाँले स्पष्ट दृष्टिकोण राखेर नेपाली क्रान्तिको मौलिक कार्यक्रम कसरी अगाडि लानुपर्छ भन्ने कुराहरु गर्नुभो।’
पछि मदन भण्डारीसँग वहाँहरुको सिद्धान्त मिलेका कारण उनीहरु सहयात्री भएको पनि भण्डारीले जानकारी दिएकी छिन् । उनले भनेकी छिन्–‘मदन भण्डारी वाहिर हुनुहुन्थ्यो। मदन भण्डारी वाहिर भएकाले मदन भण्डारीले ल्याएका विचारहरु र वहाँ जेलमा वस्दा वहाँले ल्याएका विचारहरु निकट भएर वहाँहरु सहयात्री वन्नु भयो । यो एउटा त पार्टीलाई सहि ट्याकमा लाने कुरामा वहाँको एकदमै ठुलो योगदान छ। र त्यतिवेलादेखि (आजभन्दा ४० वर्ष अगाडिदेखि) अहिलेको पछिल्लो घडिमा पनि माओवादी सशस्त्र आन्दोलन जन्मियो। त्यसमा पनि यो सशस्त्र आन्दोलनको वाटो अहिले नेपाल र नेपालीको लागि हित छैन भन्ने कुरालाई पनि वहाँले चै अगाडि ल्याउनु भयो। र हरेक पार्टी भित्र जुन सांगठनिक वितण्डाहरु हुन्छन नी, अराजकता र टुटफुटका कुराहरु भाँजो हाल्ने टुटफुट गर्ने । त्यस्ता कुराको विरुद्ध पनि वहाँ जहिले पनि जुधिरहनु भएको थियो ।’
आठौं महाधिवेसनमा धाँदली
आठौं महाधिवेसनमा ओलीलाई धाँदली गरेर हराईएको उनले वताएकी छिन् । ‘एक प्रकारले हामीलाई त जितेकै जस्तो लाग्याथ्यो। अव त्याहाँ विभिन्न कुराहरु, अनसिन धेरै खेल भएका छन् । महाधिवेसनमा पार्टी प्रतिनिधिहरुको भोट हाल्ने कुराहरुमा पनि धाँधली भयो भनेर मैले मेरै मुखले कसरी भनौं’ उनले भनिन्–‘वाक्सा भेटेको कुरा पनि तपाईलाई थाहा होला। एक सय भोट भोलेन्टियरले अध्यक्षलाई हालेको हामीले देख्या छौं भने भोलेन्टियरले नै भने तर अनौपचारीक कुनामा भनेका कुरालाई हामीले चै एजेण्डा वनाउन पनि भएन। त्यतिखेर पनि यो चै स्विकार गर्न सकिन्न भन्ने ठुलो आवाज उठेको थियो। देशमा आगो लाग्ला जस्तो भाको थियो पार्टीभित्रवाट।’
त्यस्तो अवस्थामा पनि ओलीले परिणामलाई स्विकार गरेर जाने हिम्मत देखाएको भण्डारीले वताएकी छिन् । ‘त्यस्तो अवस्थामा वहाँले पार्टीको वृहत एकताका लागि यो परिणामलाई स्विकार गरेर जाने भनेर वहाँ आउनु भो र कतिपय वैचारीक नमिलेका कुरा, विधानका कुरा, प्रतिवेदनका कुरालाई मान्ने कोसिस गरियो’ उनले भनेकी छिन्–‘अहिले यो वेलामा आएर म एकचोटी पार्टीको नेतृत्व गरेर अगाडि वढाउँछु भन्दाखेरी वहाँलाई सर्वसम्मतीले नै दिनुपर्छ भन्ने मेरो त प्रवल मान्यता छ ।’
‘मदन भण्डारीको जुन उदय भयो त्यो ‘ए’ पछि ‘वि’ र ‘वि’ पछि ‘सि’ आउँछ भन्ने मान्यताले भएको थिएन, आवश्यक्ताको हिसावले र वहाँको क्षमतको हिसावले भएको थियो। अहिले माधवपछि, झलनाथ र केपी ओली यसरी ‘ए वी सी’ गर्न पाईन्छ ? भन्ने प्रश्नमा उनले भनेकी छिन्–‘यो ‘एवीसी’को प्रश्नै होईन। हाम्रो पार्टी भित्रको अस्वस्थता र गुटवन्दीलाई अन्त्य गर्न कुन मोडलवाट जाँदा हुन्छ ? हामीले चिनियाँ मोडल पनि हेर्यौ, हामीले उत्तर कोरियाको पनि हेर्यौ। विभिन्न हेर्र्दै जाँदा खेरी कम्युनिष्ट पार्टीको संस्कार के देखियो भने एक जना नेता अलिकति सामन्ति सोचले ग्रसित भएजस्तो। एकचोटी पदमा पुगेपछि वसिरहन चाहने र पद नपाई नेतृत्व प्रदान गर्न सकिन्न भन्ने यो दुईटा मानसिक्ताले ग्रसित भएको देखियो।’
‘माधव नेपालले म पुस्तान्तरण गर्न तयार छु। पुस्तान्तरण नभए म नेतृत्व लिन्छु भन्नु भा छ ?’ भन्ने जिज्ञासामा सार्वजनिक मिडियामा आएका कुराका भरमा टिकाटिप्पणी नगर्ने उनले वताईन । ‘वहाँले के भन्नुभएको छ मैले त्यति राम्रो हेरेको छैन । हामी पनि स्टेण्डिङ्ग कमिटिका सवै साथिभाई सँगै छौं, ठुलो कमिटि पनि छैन। ११÷१२ जना हामी त्यसमा छौं। त्यसमा वहाँले त्यस्तो कुनै जिकिर गर्नु भएको छैन । न वहाँले ब्यक्तिगत भन्नुभाछ, न औपचारीक फोरममा वहाँले जिकिर गर्नुभाछ। त्यो ठाउँमा जिकिर नगरेपछि वाहिरको कुरालाई लिएर, सार्वजनिक मिडियामा आएको कुरालाई लिएर टिकाटिप्पणी÷प्रतिक्रिया जनाउनु हुँदैन’– उनले भनेकी छिन्।
पुस्ता सक्षम भएको कुरालाई भने सवैले स्विकार गर्नु पर्ने उनको भनाई छ । ‘तर, नयाँ पुस्तामा कसरी जाने त, एउटा प्रक्रिया त हुनु पर्यो। त्यो प्रकृया अनुसार अहिले पुस्तान्तरण नेतृत्व हस्तान्तरण पहिलो प्राथमिक्ता हो। र त्यसमा उ वेलादेखि नेकपा एमालेको इतिहाँस हेर्दा खेरी कोअर्डिनेसन केन्द्रदेखि अहिलेको ०७१ को नेकपा एमालेसम्म आउँदाखेरी त्यो सिंगो (करिव ३९ वर्षको) पार्टी जिवनमा कुनकुन नेताले कुन कालखण्डमा के कस्तो जिममेवारी निर्वाह गर्नु भयो भन्ने कुरालाई हामीले एकदमै महत्वका साथ हेर्नुपर्छ’ उनले भनिन्–‘अव नेतृत्वको दावा गर्ने, नेतृत्वमा जान चाहने, पार्टी भित्रको न इतिहाँस थाहा छ, न संघर्ष थाहा छ। पार्टी कसरी अगाडि वढिरहेको छ त्यो थाहा नपाईकन वाहिर भनेको कुराको टिका टिप्पणीको आधारमा हामी चै चल्न चाहँदैनौ ।’
‘जतिवेला केपी ओली स्वस्थ्य हुनहुन्थ्यो, शसक्त हुनुहुन्थ्यो त्यतिवेला वहाँलाई नेतृत्व चाहिएन, अहिले वहाँ प्रायः अस्पतालको वासमा हुनुहुन्छ। यतिवेला नेतृत्व लिएर...’ भन्ने प्रश्तोताको जिज्ञासामा भण्डारीले भनेकी छिन्–‘होईन वहाँले छैठौमा आफै मनमोहन र माधव कमरेडको टिमलाई सपोर्ट गर्नुभाको हो। सातौंमा वहाँले लोकतान्त्रीकरणको कुरा, वहुपदिय प्रणालीको कुराहरु गरेर अलिकति आफु नेतृत्वमा आउन खोज्नु भएको थियो । वहाँको वहुपदिय प्रणालीनै स्विकार गरेन महाधिवेशनले । त्यतिखेरको डेलिगेट्सलाई हामीले वुझाउन सकेनौं, त्यतिखेरका प्रतिनिधिले कुरा वुझेनन् भन्नु पर्योनी त। अव त्यो भएपछि त नेतृत्वको दावी गर्ने कुरा भएन । त्यसपछि माधव नेपाल नै एक मात्र महासचिव भएर आउनु भयो । त्यसपछि आठौं महाधिवेसनमा के भयो भने सातौ महाधिवेसनमा केपी शर्मा ओलीले ल्याउनु भएको लोकतान्त्रीकरणको प्रणाली चै पार्टीले स्विकार गर्यो । स्विकार गरेपछि त वहाँलाई सर्वसम्मत नेता दिनुपथ्र्यो नी त। तर, दुई लाईनका कुरा भएर प्रणाली स्विकार गरियिो ओलीलाई चै नेता वन्नवाट विभिन्न कारणले रोकियो । वहाँले एकदम फेस गरेको जिन्दगीको पहिलो चोटी भनेको आठौं महाधिवेसन वहाँ अध्यक्षको उमेदवार हुनु भो। जव एउटा सकहर्मी, सहयोद्धा उनले एकचोटी इच्छा गरेको छ, म गर्न सक्छु भन्छ। उसको विचार कोआर्डिनेसन केन्द्रदेखी अहिलेका यतिका ४० वर्षे इतिहाँसमा सहि सावित भएको छ। पार्टीलाई सहि ट्याकमा हिडाएको छ। भने...’
गणतन्त्रको यात्रा गर्नु भनेको वयलगाडा चढेर अमेरीका पुग्ने कुरा...
भण्डारीको कुरालाई विचमै रोकेर प्रस्तोताले भन्छन्–‘भएको छैन, विद्याजी। तपाईलाई म एउटा उदाहरण दिन चाहें। जव ०६२/०६३ को जनआन्दोलन हुँदैथियो। केपी ओली भन्दैहुनुहुन्थ्यो, गणतन्त्रको वाटो तय गर्नु भनेको ठेलागाडि चढेर अमेरीका जाने कुरा हो।’
भण्डारीले यसलाई गलत भएको वताईन। ‘यो गलत कुरा हो। तर्कलाई विगारेर/तोडमोड गरेर आफनो अनुकुल वनाउन पाईदैन। वहाँले भनेको के हो भने–अहिलेको जनआन्दोलनको हाम्रो सहयात्री भनेको नेपाली कांग्रेस हो। नेपाली कांग्रेसको आदर्श भनेको संवैधानीक राजतन्त्र छ। यो सहयात्रामा गएर गणतन्त्रमा पुग्ने भनेको यहाँवाट वयलगाडामा गएर अमेरीका पुग्नु जस्तै हो भनेर वहाँले भन्या हो। यो कुरा भनेपछि पछि के गर्यो त नेपाली कांग्रेसले ? तपाईले त्यो हेर्नुपर्छकी पर्दैन इतिहाँसको कुरालाई ?’ उनले भनिन्–‘नेपाली कांग्रेसले संवैधानीक राजतन्त्रको कुरा छोड्यो। र उ चाहिँ संघीय लोकतान्त्रीक गणतन्त्रमा आउने भन्यो। त्यसपछि संघीय लोकतान्त्रीक गणतन्त्र सफल भएको हो ।’
‘मदन भण्डारीले कांग्रेस निकै पर हुँदा गणतन्त्रको हुंकार गर्न सक्ने तर, उसैको अनुवाई भनिएको केपी ओलीले कांग्रेसलाई कुर्नु पर्ने ?’ भन्ने प्रश्नमा भण्डारीले भनेकी छिन्–‘हाम्रो लक्ष गणतन्त्रात्मक नेपाल भने पनि हाम्रो तत्कालिन नीति भनेको तत्कालिन ०४७ सालको संविधान अनुसार हो नी त । त्यो संविधान एउटा सहमतिको÷सम्झौताको दस्तावेज हो। हामीले २७ वटा फरक मत राखेर संविधान स्विकार गर्या हो। तत्कालिन अवस्थाको यो कुरा हो। त्यो त इतिहाँस जस्ताको तस्तै वुझ्यो भने कल्ले के विचार राखेको रछ भन्ने प्रष्ट हुन्छ।’
प्रस्तोताले ‘तर एउटा नेताले आफनो नीति वनाउन कांग्रेसको मुख ताक्छ भने त्यो नेताले कसरी नेतृत्व लिन सक्छ ?’ भनेपछि भण्डारी भन्छिन–‘मुख ताकेको होईन। हामी जन्मजात गणतन्त्रवादी हो, तर आफनो शक्ति कति छ त्यसको आधारमा कि त कांग्रेसले नमाने पनि हामी घोषणा गरेर जाउँ भन्ने हुनुपर्छ । जव कंग्रेस र हामी सात दलको जुन गठवन्धनको संयुक्त नेतृत्वमा आन्दोलन चलिरहेको छ भने काग्रेसलाई नमनाई त त्यो सम्भवै थिएन नी। कांग्रेस मान्यो अनि त्यो सम्भव भयो।’
ओलीले एमाललाई कांग्रेसीकरण गरेको कुरामा पनि सत्यता नभएको उनको प्रस्टोक्ति छ। ‘त्यो कुरा गलत हो। वहाँले वास्तवमा नेकपा एमालेको मुल्य र मान्यता अनुसार ‘न लेफट न राइट’। एकदम आफनो धारमा लाने काम वहाँले गर्नुभा छ।